• सोमबार १२-११-२०७५/Monday 03-25-2019/ 10:27 am

गण्डकी प्रदेश : दुई विधेयक प्रस्तुत

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत भएको छ । 

सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गरे । सभापति रेग्मीले सहकारी विधेयक सम्बन्धमा जिल्ला सहकारी सङ्घका अध्यक्ष, सहकारी विज्ञ, अन्य सरोकारवाला समेतसँग अन्तरक्रिया गरिएको बताए । 

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले वाग्लुङ २ (ख) बाट प्रदेशसभामा राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको मङ्सिर २७ गते ४७ वर्षको उमेरमा असामयिक निधन भएका कारण उक्त क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी दिए । 

अर्को बैठक आगामी माघ ८ गते दिनको १ बजे बस्ने सभामुख अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश ५ मा क्षयरोगबाट एक बर्षमा २ सय ३८ जनाको मृत्यु

  • १० चैत, २०७५

बुटवल । प्रदेश ५ मा  क्षयरोगका कारण एक बर्षमा २ सय ३८ जनाको मृत्यु भएको छ । प्रदेश ५ का १२ जिल्लामा  क्षयरोगको कारण गत आर्थिक वर्षमा उनीहरुको मृत्यु

प्रदेश पाँचमा एसइइमा झण्डै ९ सय अनुपस्थीत

  • १० चैत, २०७५

बुटवल । यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ परिक्षामा प्रदेश ५ बाट झण्डै ९ सय विद्यार्थी अनुपस्थीत भएका छन । प्रदेशमा ७८ हजार ६ सय ५७ विद्यार्थीले

प्रदेश दुईमा पहिलो दिन एसईई परीक्षा शान्तिपूर्ण 

  • १० चैत, २०७५

जनकपुरधाम । आजबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसईईको पहिलो दिन प्रदेश दूई भरी शान्तिपूर्ण रुपमा अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ