गण्डकी प्रदेश : दुई विधेयक प्रस्तुत

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकमा सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक प्रस्तुत भएको छ । 

सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गरे । सभापति रेग्मीले सहकारी विधेयक सम्बन्धमा जिल्ला सहकारी सङ्घका अध्यक्ष, सहकारी विज्ञ, अन्य सरोकारवाला समेतसँग अन्तरक्रिया गरिएको बताए । 

बैठकमा सभामुख नेत्रनाथ अधिकारीले वाग्लुङ २ (ख) बाट प्रदेशसभामा राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीमगरको मङ्सिर २७ गते ४७ वर्षको उमेरमा असामयिक निधन भएका कारण उक्त क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त रहेको जानकारी दिए । 

अर्को बैठक आगामी माघ ८ गते दिनको १ बजे बस्ने सभामुख अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर