• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:45 pm

गाउँमै  चिकित्सा र नागरिकता सेवा

बाजुरा । खप्तड छेडेदह गाउँपालिकाका बासिन्दाले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका छन् । सर्वसाधारणको सहजताका लागि गाउँपालिकाले डोगडीमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीयवासीले गाउँमै नागरिकता र चिकित्सा सेवा पाएका हुन् । 

शिविरबाट ५५९ जनाले नागरिकता बनाएका छन् । जसमा महिला ३२५ र पुरुष २२४ रहेका छन् । आर्थिक अभावले सदरमुकाम मार्तडी आउन नसकेका, उमेरले नेटो काटिसकेका तथा १६ वर्ष उमेर पूरा गरेका युवायुवतीले गाउँमा शिविर सञ्चालनपछि उत्साहपूर्वक सेवा लिएका हुन् । 

शिविरबाट ७० वर्षकी खिरीदेवी बुढा, ६९ वर्षकी किर्मुली बुढासहित वृद्धवृद्धाले पनि सेवा लिएको गाउँपालिका अध्यक्ष नरबहादुर रावतले बताए । नागरिकता बनाउनेमध्ये गाउँपालिकाको ५ नं वडाका स्थानीयवासी बढी छन् । नागरिकता बनाउन सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ल नेतृत्वको टोली खटिएको थियो । 

यस्तै शिविरबाट ५८१ जनाले फोटोसहितको मतदाता नामावली बनाएका छन् । जसमा ३४८ महिला र २३३ पुरुष छन् । यसैगरी शिविरमा ६९२ जनाले चिकित्सा सेवा पनि लिएका छन् । तीमध्ये महिला ४६६, पुरुष २२६ रहेका छन् । शिविरमा ३२६ जनाले भिडियो एक्सरे गराएका छन् । भिडियो एक्सरे गराउनेमध्ये २८९ महिला र ४७ पुरुष छन् । 

सेवाका लागि डा रुपचन्द्र विश्वकर्मा, डा टीका राई, हेल्थ असिस्टेन्ट रमेशबहादुर ओलीसहित स्वास्थ्यकर्मीको टोली खटिएको थियो । गाउँमै चिकित्सक सेवा सञ्चालन गरिएपछि स्थानीयवासीको शिविरमा उत्साहजनक सहभागिता रहेको थियो । पुस २३ र २४ गते दुईदिने शिविरमा उल्लेख्य सहभागिता भएपछि २५ गते थप एक दिन शिविर लम्ब्याइएको थियो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

दुर्गम गाउँमा आयुर्वे्दिक क्लिनिक

  • ६ माघ, २०७५

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गाउँघर आयुर्वे्दिक क्लिनिक शुरु गरेको छ । आयुर्वे्दिक औषधालयको पहुँच नपुगेको जैमिनी–९ पैञ्युथन्थापमा गाउँघर

भरतपुर अस्पतालमा बिरामी कुरुवा घर 

  • ५ माघ, २०७५

भरतपुर । चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ । अस्पतालको करीब पाँच कठ्ठा जग्गामा सभाकक्षसहितको

निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न

  • ४ माघ, २०७५

काठमाडौं । स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ