हलमा ‘चौका दाउ’ र ‘भिलेन’ भिड्दै 

काठमाडौं । आज देशव्यापी दुई नेपाली चलचित्र ‘चौका दाउ’ र ‘भिलेन’ प्रदर्शनमा आउँदै छन् । देवेन्द्र पाण्डेले निर्देशन गरेको ‘भिलेन’ र पूर्णेन्द्र झाले निर्देशन गरेको ‘चौका दाउ’ भिड्ने भएका छन् । 

लामो समयपछि एक्सनप्रधान चलचित्र ‘भिलेन’ मार्फत अभिनेता निखिल उप्रेतीले इन्ट्री मार्दै छन् । हाँस्यप्रधान ‘चौका दाउ’ सौर्य प्रोडक्सनमा निर्माण भएको चलचित्रमा अभिनेत्री वर्षा राउत, सन्तोष पन्त, तैयव शाह, अजश्र ढुङगना, विल्सनविक्रम राई, रविन्द्र झा लगायतका कलाकारको भूमिका छ । कथा, पटकथा र संगीत शम्भुजीत बास्कोटाको रहेको चलचित्रमा एकजना केटीको पछि चारजना केटा लागेको विषयलाई देखाइएको छ । प्रौढदेखि तन्नेरी पुस्तासम्मका पुरुषको युवतीप्रतिको आकर्षण र त्यसले निम्त्याउने परिणामको विषयमा यो चलचित्र केन्द्रित छ । फिल्मलाई परिवारमा बसेर हेर्न सकिने निर्देशक झाको भनाई छ । यो पूर्णतया सामाजिक कथामा आधारित सिनेमा भएको पनि उनले जानकारी गराए । 

त्यसैगरी ‘भिलेन’ द ग्लोबल पिक्चर ब्यानरमा निर्माण भएको चलचित्रमा कथा तथा पटकथा अभिमन्यु तिवारीको छ । चलचित्रमा निखिलसँगै शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारी लयागतका कलाकारको अभिनय छ । चलचित्रले राजनीतिक माया प्रेमका कथालाई समेटेको छ । नेपाली समाजका विकृति विसंगतिलाई चलचित्रले उठान गरेको भिलेनका निर्देशक पाण्डेले बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर