• बिहीबार ३-१२-२०७६/Thursday 06-27-2019/ 07:57 am

एशियाली पर्यटन महोत्सव माघ ११ देखि १५ गतेसम्म

भद्रपुर ।  प्रदेश नं १ को सांस्कृतिक, भाषिक, जातीय तथा पर्यटनका बजारयोग्य सम्पदाहरुलाई अन्तर्रा्ष्ट्रियकरण गर्ने उद्देश्यका साथ झापाको बाहुनडाँगीमा पाँचौँ एशियाली ग्रामीण पर्यटन महोत्सव हुने भएको छ । माघ ११ देखि १५ गतेसम्म पाँच दिन मेचीनगर–४ बाहुनडाँगीमा सञ्चालन हुने उक्त महोत्सवमा नेपाल, भारत, भूटानलगायतका मुलुकको सहभागिता रहने महोत्सव आयोजक समितिका संयोजक अर्जुन कार्कीले बताए । 

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै आयोजना हुने महोत्सवलाई मेचीनगर नगरपालिका, प्रदेश नं १ सरकार, नेपाल पर्यटन बोर्ड, त्रिभुवन विश्वविद्यालय, इसिमोड, बाहुनडाँगी जेसिज, ग्रीन जेनेरेशन, ट्राभल्स सङ्घ झापालगायतका संस्थाले सघाउने भएका छन् । 

महोत्सवमा ग्रामीण पर्यटनको विकासका लागि टुरिष्ट गाइडसम्बन्धी तालीम, गन्धर्व गायन प्रतियोगिता, चित्रकला प्रतियोगिता, लोकल परिकारहरुको स्टल विशेष आकर्षणको रूपमा रहने कार्कीको भनाइ छ । ग्रामीण पर्यटनको माहोल तयार पार्दै पर्यटनमार्फत समृद्धिको लक्ष्य पूरा गर्न महोत्सव कोशेढुङ्गा सावित हुने ट्राभल्स सङ्घ झापाका अध्यक्ष नीरबहादुर (नेत्र) कार्कीले बताए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

प्रदेश पाँच : कृषि अनुदान, कृषि र स्वस्थ्य उपकरण खरिदमा अनियमितताको आंशकामा थप अध्ययन हुने

  • ११ असार, २०७६

बुटवल । प्रदेश पाँचमा कृषि अनुदान,  कृषि र स्वस्थ्य उपकरण खरिदमा अनियमितताको आंशकासगै अध्ययन थालेको सार्वजनिक लेखा समितिले अझ विस्तृतमा छलफल गर्ने

प्रदेशको बजेट पारित हुने टुङ्गो छैन

  • ११ असार, २०७६

कैलाली । सङ्घीय सरकारको बजेट पारित हुँदा प्रदेश सरकारको बजेटमा भने छलफल समेत सुरु भएको छैन । असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको बजेट

काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

  • १० असार, २०७६

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको