अभिनेता यशलाई भेट्न नपाउँदा रविले गरे आत्महत्या

 काठमाडौ । अभिनेता यश  ८ जनवरीमा उनको जन्मदिन थियो । उक्त मौकामा एक फ्यानले उनलार्ई भेट्न नपाएपछि  फ्यानले आत्महत्या गरेका छन् । 

 मिडियो रिपोर्ट्सका अनुसार, रवि नामका एक २६ वर्षिय यी फ्यान, गारमेन्ट फ्याक्ट्रीमा काम गर्दथे । रवि, ‘केजीएफ’ अभिनेता यशको घरको बाहिर उनलाई हेर्न र भेट्न घन्टौं प्रतिक्षा गरेर बसेका थिए । धरै पटक प्रयास गर्दा पनि उनी यशको घरभित्र जान सकेनन् । 

 यशसँग भेट्न नपाएपछि उनकै घरको बाहिर रविले पेट्रोल खन्याएर आगो लगाए । घटनाको समयमा आसपास रहेका व्यक्तिले आगो निभाएर रविलाई विक्टोरिया अस्पतालमा भर्ना गराए । तर, हस्पिटल लैजान ढिलो भएका कारण उनको निधन भइसकेको थियो । 

सुसाइडको बारेमा जानकारी पाएपछि ‘केजीएफ’ अभिनेता यश अस्पताल पुगेका थिए । उनले रविको परिवारलाई सान्त्वना दिएका थिए । उक्त दुखद घटनाको बारेमा बोल्दै यशले भने, ‘म मान्दिनँ कि रवि मेरो फ्यान हो । यो फ्यान्डम होइन । म आफ्ना फ्यानलाई अपिल गर्छु कि यस्तो कदम नउठाउनुस् ।’  
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर