• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

स्पेनिस कोपा डेल रे : बार्सिलोना पराजित

एजेन्सी । स्पेनिस कोपा डेल रे अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना पराजित भएको छ ।

पहिलो लेगमा बार्सिलोना लेभान्टेसंग दुई–एकले स्तब्ध भएको हो । खेलको चौथो मिनेटमै इरिक काबाकोले गोल गर्दै लेभान्टेलाई अग्रता दिलाए । लगत्तै १८औं मिनेटमा बोर्जा मायोरलले गोल थप्दै लेभान्टेको अग्रता दोब्बर पारे ।

पहिलो हाफसम्म लेभान्टेले दुई–शुन्यको अग्रता कायमै राख्यो । बार्सिलोनाका लागि ८५औं मिनेटमा फिलिपे कोउटिन्होले पेनाल्टीमार्फत गोल गरे ।

कोपा डेल रे को पहिलो लेग अन्तर्गत नै भएको अर्को खेलमा सेभियाले एथ्लिट्को बिल्बाओमाथि तीन–एकको जित निकाल्दा रियल सोसिडाड र रियल बेटिस एक–एकको बराबरीमा रोकिए ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर