• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 06:27 am

खेल सङ्घको विवाद समाधान हुँदै, समितिको म्याद एक महीना थप

काठमाडौं । युवा तथा खेलकूद मन्त्रालयले पछिल्लो समय खेल संघमा देखिएको विवाद समाधान गर्न गठित समितिको म्याद एक महीना थप गरेको छ । 

गत मङ्सिर १७ गते युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको मन्त्रिस्तरीय निर्णयबाट राष्ट्रि«य खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा तीन सदस्यीय गठन भएको उक्त समितिको म्याद एक महीना थप गरिएको मन्त्रालयले जनाएको छ । 

समितिको सदस्यमा मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने र राखेपको खेलकुद विकास विभाग प्रमुख कुलबहादुर थापा रहेका छन् । समिति गठन भएसँगै विवाद रहेको तेक्वान्दो, कराते, कुस्ती, जिम्यास्टिक र टेबलटेनिस सङ्घका पदाधिकारीसँग प्रारम्भिक छलफल गरी सहमति नजिक पुगेको समितिका सदस्य एवं मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए । 

उनले भने, ‘छलफल सकारात्मकरुपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफल गर्छौ र विवाद समाधान गर्छौ ।’एउटै खेलको दुईवटा खेल संघ हुँदा विशेषगरी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता कसले गर्ने भन्ने बढी विवाद हुने गरेको छ । समितिले खेल संघको छलफलपछि ओलम्पिक कमिटीसँग पनि छलफल गर्ने तयारी गरेको छ । 

समितिका अर्को सदस्य थापाले भने, ‘एउटै सङ्घ राखेप तथा ओलम्पिक कमिटीमा पनि दर्ता हुने गरेको पाइएको छ । त्यसबारे ओलम्पिक कमिटीसँग छलफल गर्छौ ।, आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिता तथा १३ आँै दक्षिण एशियाली खेलकूदको मिति नजिकिँदै गर्दा ती प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटमा समेत एउटै खेलको दुईवटा सङ्घ हुँदा समस्या परेको हुँदा मन्त्रालयको दुई संघबीच वार्ता र समन्वय गरी एउटै सङ्घ बनाउन पहल थालेको हो । 

एउटै प्रकृतिका खेल सङ्घ भिन्नभिन्न हुँदा खेलाडीलाई पनि अप्ठ्यारो परेकाले समस्या समाधानका लागि मन्त्रालयले आफूलाई जिम्मेवारी दिएको तिम्सिनाको भनाइ छ । अहिले खेलकूद क्षेत्रमा लगानीमात्रै भइरहेको तर प्रतिफल भने नआएको बताउँदै उनले खेलकूदको लगानी बालुवामा पानी सरह भएकाले यसलाई सुधार गर्नुपर्ने धारणा व्यक्त गरे । 

संघमा विवाद बढ्दै गएपछि एक महीनाअघि राखेपले आठौँ राष्ट्रिय खेलकूदमा तेक्वान्दोलाई सहभागी नगराउने चेतावनी दिँदै जिल्ला छनोटसमेत रोकेको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक

  • १० असार, २०७६

काठमाडौं । नेपाली खेलकुदकै प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत चारवटा विधातर्फको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार

विश्वकप क्रिकेट : बंगलादेशको तेस्रो जित, अफगानिस्तान बाहिरियो, आज पुराना प्रतिद्वन्द्वीको महाभिडन्त

  • १० असार, २०७६

बंगलादेशले आइसीसी एकदिवसिय विश्वकपमा तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले हरायो । यो हारले अफगानिस्तान

उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा

  • १० असार, २०७६

उरुग्वे समूह विजेता बन्दै ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको समूह चरणको अन्तिम खेलमा चिलीलाई १(० गोल