• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

खेल जीवन टुंग्याउँदैछन् टेनिस स्टार एण्डि मरे 

एजेन्सी । टेनिस स्टार एण्डी मरेले खेल जीवजनबाट सन्यास लिने तयारी गरेका छन् ।

मरेले यो वर्षको विम्बल्डन पछि सन्यास लिने तयारी गरेका हुन् । तर अर्को हप्ता हुने अष्ट्रेलियन ओपन टेनिसनै आफ्नो जीवनको अन्तिम प्रतियोगिता हुनसक्ने पनि उनले बताएका छन् । तीन पटकका ग्राण्डस्लाम च्याम्पियन एण्डी मरे शुक्रबार मेलवर्नमा गरिएको पत्रकार सम्मेलनमा निकै भावुक बनेका थिए । ‘हिप सर्जरी’ बाट तंग्रिदै गरेका ३१ वर्षे मरेले भने, ‘मलाई थाहा छैन यो दुखाइ सहँदै म अर्को पाँच ६ महिना खेल्न सक्छु कि सक्दिन’ ।

उनले भने, ‘मलाई विम्बल्डन सम्म खेल्न मन छ त म सक्छु सक्दिन भन्न सक्दिन’ । तर वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपनको पहिलो चरणमा रोबर्टो बटिस्टा अगटसँग भने प्रतिस्पर्धा गर्ने तयारीमा मरे छन् । 

सन् २०१२ मा युएस ओपन र २०१३ र १६ मा विम्बल्डनको उपाधि जितेका मरेले आफु पहिलेकै स्तरमा खेल्न सक्ने अवस्थामा नरहेको प्रष्ट पारे । ‘हिप सर्जरी’ले आफुलाई निकै पिडा भएको उल्लेख गर्दै उनले फेरी पनि सर्जरीको आवश्यकता हुनसक्ने बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर