• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

नक्कली डिएसपी सक्कली प्रहरीको फन्दामा

काठमाडौं । आफुलाई नेपाल प्रहरीको वहालवाला डिएसपी भन्दै अपराधिक गतिविधि गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन् ।

वहालवाला डिएसपी भन्दै धम्काउदै बिभिन्न होटल रेन्टुरेन्टमा गई धम्की दिने गरेको उजुरीका आधारमा भक्तपुर बालकोट निवासी वर्ष ३५ का अनिल थापालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो ।

थापा विगत १४ दिनदेखि कमलादी स्थित तिरुपति होटलको रुम नम्बर २०३ मा आफुलाई नेपाल प्रहरीको वहालवाला डिएसपी भन्दै बस्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले होटल तिरुपतिबाट पक्राउ परेका थापामाथि किर्ते मुद्दामा थप अनुसन्धान भईरहेको जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर