• बिहीबार ३-१२-२०७६/Thursday 06-27-2019/ 07:46 am

अफ्रिकी युनियनको चुनावी एएनसीका लागि फलामको च्यूरा

डर्बान । दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कङ्ग्रेस (एएनसी)ले चुनावी अभियान शनिबारदेखि शुरु गर्ने भएको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा चुनाव हुँदैछ । पार्टीभित्रको आन्तरिक विभाजन, सुस्त अर्थतन्त्र तथा घट्दो जनमतबीच एएनसीले चुनावी अभियान शुरु गर्न लागेको छ । 

रङ्गभेद नीतिको अन्त्य भएपछि २५ वर्षदेखि एएनसीले दक्षिण अफ्रिकामा एकछत्र शासन गरिरहेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमाको राष्ट्रपतीय शासनकालमा भ्रष्टाचार बढेका कारण आमजनतामा एएनसीको लोकप्रियतामा ठूलो ह्रास आएको छ । सत्तामा नौ वर्ष रहेका ज्याकोब जुमालाई गत वर्षको फेब्रुअरीमा एएनसीले पदबाट हटाएको थियो । 

नेल्सन मन्डेलाले नेतृत्व गरिसकेको एएनसीले सन् २०१६ को स्थानीय चुनावमा बहुमत ल्याउन निकै सङ्घर्ष गर्नु परेको थियो । पार्टीले कूल खसेको मतको करिब ५४ प्रतिशत मात्र मत प्राप्त गरेको थियो । मुलुकका दुई ठूला सहरहरु जोहानेसबर्ग र प्रिटोरियामा पार्टीले हार व्यहोर्नु परेको थियो । 

तर पछिल्लो पटक इपसोसले गरेको एक सर्वेक्षणमा मे महिनामा हुने राष्ट्रिय र प्रान्तीय चुनावमा ६१ प्रतिशतसम्म मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ । 

बजार सुधारवादी नेता सिरिल रामाफोसा अफ्रिकाको राष्ट्रपति भएपछि एएनसीको छवीमा केही सुधार आएको बताइन्छ । ज्याकोब जुमालाई पार्टीबाट हटाएलगत्तै रामाफोसा अफ्रिकाको राष्ट्रपतिमा चुनिनु भएको थियो । 

‘रामाफोसा नभएको भए एएनसीले चुनावमा ठूलो पराजय व्यहोर्ने निश्चित थियो,’ राजनीतिशास्त्री झोलानी दुबेले बताए । ‘एएनसीले सबै किसिमका चुनावहरु हार्ने अवस्थामा थियो तर रामाफोसा उद्धारकका रुपमा देखिनुभएको छ ।’

अरु कतिपय विश्लेषकहरु बढी नै सतर्क देखिन्छन् । उनीहरुको भनाईमा रामाफोसा राष्ट्रपति नभए पनि पार्टीले चुनाव जित्ने सम्भावना थियो, तर पार्टीलाई झिनो बहुमत मात्र प्राप्त हुन्थ्यो । 

शनिबार, पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजना हुने समारोहमा डर्बानको रङ्गशालामा ८५ हजारभन्दा बढी पार्टी समर्थक एवं शुभेच्छुक भेला हुने अपेक्षा गरिएको छ । पार्टीका वरिष्ट सदस्यहरु यसै साता क्वाजुलु नाटाल प्रान्तमा चुनावी सभामा सहभागी हुँदैछन् । 

ठूलो जनसंख्या रहेको क्वाजुलु नाटाल प्रान्तबाटै चुनावी घोषणापत्र सार्वजनिक गर्नुको विशेष महत्व रहेको छ । गत वर्षको शक्ति सङ्घर्षपछि एएनसीभित्र एकता रहेको देखाउन पनि नाटाल प्रान्तलाई रोजिएको बताइन्छ । 

रामाफोसाले पार्टीभित्र सम्बन्ध सुधार गर्ने सार्वजनिक रुपमै घोषणा गरेका छन् । पूर्व राष्ट्रपति जुमाप्रति सकारात्मक टिप्पणी गरेर रामाफोसाले पार्टीका सबैको सदभाव बटुल्ने प्रयत्न गरेका छन् । 

‘रामाफोसाले ज्याकोब जुमाको प्रतिछायाँलाई सम्बोधन गर्नु आवश्यक छ जुन एएनसीको पार्टी संरचनाभित्र घुमिरहेको छ,’ दुबेले भने । 

रामाफोसाले यसै साता भने, ‘हाम्रो इतिहासमा अर्को महत्वपूर्ण क्षणको सङ्घारमा हामी आइपुगेका छौं, हामीले विगतको अभियानलाई पुनस्र्थापित गर्नु परेको छ ।’

रामाफोसाको एउटा महत्वपूर्ण प्रतिज्ञा नै संविधान शंसोधन पनि हो जसमा अल्पसंख्यक गोरा जातिको स्वामित्वमा रहेको जमिन बिना क्षतिपूर्ति गरिब काला जातिलाई उपलब्ध गराउनु रहेको छ । भूमिहीन काला मतदातालाई यो योजनाले आकर्षित गर्नेछ भने धेरै विदेशी लगानीकर्ताहरु यस योजनाबाट त्रसित हुन थालेका छन् । 

पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएमा पार्टीको प्रभाव अझ बढ्नेछ । अफ्रिकाको आर्थिक वृद्धि गत वर्ष शून्य दशमलब ७ प्रतिशत मात्र रहेको थियो । बेरोजगारी दर २७ प्रतिशतभन्दा बढी पुगेकाले आमजनतामा पार्टीप्रति असन्तुष्टी चुलिएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

बाबुछोरीको मृत भेटिएको तस्वीरले विश्व हल्लायो, अमेरिका दबावमा

  • १२ असार, २०७६

रिपब्लिकनको बहुमत रहेको अमेरिकाको सिनेटले मेक्सिकोको सीमा क्षेत्रमा सहायता पठाउने सम्बन्धी एक विधेयकलाई पारित गरेको छ । सिनेटले अमेरिका प्रवेश

विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा : राष्ट्रसङ्घ

  • ११ असार, २०७६

विस्थापित जीवन बिताइरहेका सोमालियाका झण्डै ३९ सय जना खतरामा रहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । आप्रवासनसम्बन्धी राष्ट्रसङ्घीय निकायले

राष्ट्रपति मुन जाए इन र राजकुमार मोहमद बिन सलमानबीच भेटवार्ता

  • ११ असार, २०७६

सोल ।  दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियाका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ ।  दक्षिण कोरियाली