• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पूरा देश नै बन्दिगृह !

एजेन्सी । अन्तर्राष्ट्रिय समुदायको चासो, विभिन्न तहमा अन्तर्राष्ट्रिय समुदायसँग भएका वार्ता र देशमा आर्थिक सुधारको प्रतिवद्धताका बाबजुद उत्तर कोरियाको अवस्था नफेरिएको अधिकारीहरुले बताएका छन् । उत्तर कोरियाको मानव अधिकारको अवस्था चिन्ताजनक रहेको उनीहरुको भनाइ छ । 

उत्तर कोरिया भ्रमणबाट बन्चित भएका संयुक्त राष्ट्र संघका एक अधिकारीले यस्तो बताएका हुन् । उत्तर कोरियाको मानवअधिकारको अवस्थाबारे अध्ययन गर्ने जिम्मा पाएका राष्ट्रसंघका विशेष प्रतिनिधि तोमस किन्तानाले उत्तर कोरियाली नेता किम जोङ उनले आर्थिक समृद्धि मार्फत आफ्ना नागरिकको जीवनस्तर उकास्ने प्रतिवद्धता जनाएपनि त्यो सार्थक नभएको र उत्तर कोरियाली नागरिकको जीवनस्तरमा उल्लेख्य परिवर्तन नदेखिएको बताए । 

किन्तानाका अनुसार गत वर्ष उत्तर कोरिया र दक्षिण कोरियाबीच भएका उच्चस्तरीय वार्ता, अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भएको वार्ता लगायतबाट उत्तर कोरियामा केहि परिवर्तनको आशा गरिएको थियो । तर त्यसले झन अन्तर्राष्ट्रिय समुदायलाई झुक्याएको उनको भनाइ थियो । उनले उत्तर कोरियामा मानवअधिकारको अवस्था निकै दयनीय रहेको र मानिसको जीवनस्तर जस्ताको तस्तै रहेको बताए । 

उनले भने, ‘देशको आर्थिक तथा सामाजिक अधिकार, स्वास्थ्य, शिक्षा, आवास, सामाजिक सुरक्षा, रोजगारी, खाद्यान्न, पानी तथा सरसफाइ लगायत सबै क्षेत्रमा नागरिक निकै पछाडी छन् । ’
उत्तर कोरियामा अझैपनि हजारौँ नागरिकलाई राजनीतिक बन्दि बनाइएको उल्लेख गर्दै किन्तानाले पुरा देशनै बन्दिगृह रहेको बताए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर