• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

यमनको ठूलो सैन्य शिविर ‘ड्रोन’ आक्रमण, ६ सैनिकको मृत्यु

अल अनाद एयर बेस । यमनको एक ठूलो सैन्य शिविरमा विद्रोहीहरुले गरेको मानवरहित विमान (ड्रोन) आत्रमणमा परी सरकार समर्थक छ सैनिकको मृत्यु भएको छ । सो ड्रोनले सैन्य परेड भइरहेको स्थानमा आक्रमण गरेको बताइएको छ । 

संयुक्त राष्ट्र सङ्घको उपस्थितिमा स्विडेनका गत महिना हुथी विद्रोही र साउदी अरेबियाको समर्थन रहेको यमन सरकारका बीच कैयौँ सम्झौता भएको थियो । गत चार वर्षदेखि यमन सरकार र हुथी विद्रोहीबीच शुरु भएको भीषण द्वन्द्वको अन्त्य हुने एक राम्रो अवसरका रुपमा यस सम्झौतालाई लिइएको थियो । यस सम्झौतालाई पनि बाधा पुग्ने गरी सो आक्रमण भएको बताइएको छ । 

अल अनाद एयर बेसमा भएको यो आक्रमणको सिते हुथी विद्रोही समूहले जिम्मा लिएका छन् । यमनको दोस्रो ठूला शहर एडेनबाट ६० किलोमिटर उत्तरका अवस्थित सरकारको कब्जामा रहेको लाहिज प्राप्तमा रहेको अल आनाद एयर बेसमा सो आक्रमण भएको थियो । 

यस आक्रमणका परी उच्चस्तरीय कमाण्डरहरुसहित कम्तीमा १२ व्यक्ति घाइते भएका छन् । प्रान्तीय राजधानी हुटामा रहेको आबिएन खाल्डोअन अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर