• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बलात्कारको मुद्धाले घेरिए रोनाल्डो, डिएनए परिक्षणका लागि वारेन्ट जारी  

एजेन्सी । इटालियन क्लब युभेन्टसका पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोप छानबिन गरिरहेको अमेरिकाको लस भेगास प्रहरीले डिएनए परिक्षणका लागि  वारेन्ट जारी गरेको छ।

३३ वर्षे रोनाल्डोका वकिल पिटर एस क्रिष्टियनसेनले लास भेगास प्रहरीले डिएनए नमुनाका लागि वारेन्ट जारी गरेको पुुष्टि गर्दै यो अति जायज भएको बताए । 

अमेरिकाकी मोडल क्याथरिन मायोर्गाले सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा रोनाल्डोले आफुमाथि बलात्कार गरेको आरोप लगाउँदै उक्त घटनाबारे पुनः अनुसन्धानको माग गर्दै उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको हो । आरोपबारे सत्य तथ्य छानबिनका लागि डिएनएको नमुना आवश्यक परेको प्रहरीले जनाएको छ । 

रोनाल्डोले भने आफुमाथि लागेको आरोपको खण्डन गर्दै आएका छन् । उनका वकिलले लस भेगासमा भएको घटना आपसी सहमतिमा भएको स्पष्ट पारे । 

लस भेगास प्रहरीको वारेन्ट इटालीको अदालती संरचना मार्फत पठाइएको हो । रोनाल्डो अहिले इटालियन क्लब युभेन्टसबाट खेल्दै आएका छन् । 

रोनाल्डोमाथि पछिल्लो पटक उनकी पूर्व प्रेमिकाले पनि बलात्कार तथा यातनाको आरोप लगाएकी थिइन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर