• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पृथ्वीनारायण शाह : नायक की खलनायक ?

काठमाडौं । सरकारले सार्वजनिक विदा कटौती गरेको केही समयपछि पुनः सार्वजनिक विदा पुनः स्थापना गरेको छ । तर, सरकारले पुनः स्थापना गरेको सार्वजनिक विदाको सूचिमा पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मदिन परेन्  । 

पृथ्वीनारायण शाहको विषयमा विभिन्न विश्लेषकहरुले भिन्न भिन्न बहस भइरहेको छ । कतिले राज्य एकीकरणको अभियान्ता भनेका त कतिले नेपाल साम्राज्य विस्तार गर्ने अभियान्ताको रुपमा चिन्ने पृथ्वीनारायण शाहको बारेमा चर्को बहस हुन थालेको छ । सामाजिक सञ्जालका भित्ताहरुमा उनको पक्ष र विपक्षमा विभिन्न बहस भइरहँदा देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरि पृथ्वी जयन्ती मनार्इंदै छ । 

आखीर को हुन त पृथ्वीनारायण ? नायक वा खलनायक ?

पृथ्वीनारायण शाहलाई नायक मान्दिन : उज्जल प्रसाँई
पृथ्वीनारायण शाहलाई इतिहासलाई बुझनेगरी तथ्यको आधारमा हिजो ज–जसले जे भने त्यो नै हामीले भन्नुपर्छ भन्ने केही नभएको तर्क गर्छन विश्लेषक उज्जल प्रसाँई । पृथ्वीनाराय शाहलाई नायक मान्नैपर्छ भन्ने नभएको उनले बताए । ‘त्यसैगरी शाहलाई नायक नमान्नेहरुले खलनायक नै हुन भन्नपर्छ भन्ने पनि छैन तर म उहाँलाई नायक मान्दिन् ।’ उनले भने । 

उनले गरेको काम वा उनले नेपाल नबनाएको भए हामी नेपाली हुँदैनथ्यौं भन्ने भावूकतामा आफू नपरेको उनी बताउँछन् । त्यस्ता भावुकता आफ्नालाई अर्थहिन भएको उनले बताए । उनले भने–‘उनले राज्य विस्तार गरेका हुन् । एउटा शासकले राज्यलाई एक्प्लान गर्दै गएका हुन । त्यही शिसशिलामा उनले नकाम पनि गरेका छन् ।’ त्यसलाई हहिले त मान्छेले स्वभाविक भनेर मान्छन् भन्दै उनले भने–‘राज्यका लागि उनका ती काम स्वभाविक थियो भने, जुन समुदाय उनीबाट प्ररित थिया वा उनीसंगै नारियो त्यो समूदायले प्रश्न उठाउँछ त्यो सामान्य प्रश्न हो ।’ 

कोलम्बसले अमेरिका पत्ता लगाएको भनेर लामो समयसम्म अमेरिकामा कोलम्बस दिवस मनाईएको स्मरण गर्दै उनले भने–‘त्यहाँका आदिवासीहरुले अन्य फरक तथ्यहरु आज ल्याएका कारण कोलम्बस डे लाई आज फरक तरिकाले स्मरण गरिन्छ ।’ पृथ्वीनारायण शालाई स्मरण गरेर मनाउँदा केही फरक भएन तर एकता दिवस भनेर आफूले नमान्ने उनले बताए । राज्यले आफूले नमान्ने दिवस मनाएमा आफ्नो कुनै सहभागिता नहुने उनले बताए ।

परिवर्तन र संघीयतावादीहरुका लागि पृथ्वीनारायण नायक होइनन् : खगेन्द्र संग्रौला
अर्का लेखक तथा राजनीतिक विश्लेषक खगेन्द्र संग्रौला पनि परिवर्तन र संघीयता चाहेका जनताका लागि पृथ्वीनारायण शाह नायक हुन नसक्ने बताउँछन् । पृथ्वीनारायण शाहले यो भेगका भूगोलका टुक्राहरु जोडेको भएकाले उनलाई त्यसको जस दिँदा फरक नपर्ने उनले बताए । तर, भूगोलको टुक्रा जोडेपछि सुरु भएको शासन जुन छ, नेपालमा सुरु भएको विभेदहरु छन् वा वहिस्करणहरु छन् ती सबैको प्रारम्भ पृथ्वीनारायणको पालामा सुरु भएको बताउँदै उनले भूगोलको टुक्रा जोडिएकालाई नायक भन्न नहुने उनी बताउँछन् । 

‘सामाजिक, सांस्कृतिक र सामूदायीक दृष्टिकोणबाट उनी एकताको प्रतिक होइनन् । उनी विभेदका प्रतिक ह्ुन विभाजनका प्रतिक हुन् ।’ समाचार दैनिकसंगको कुराकानीमा उनले भने– ‘सनातनीहरु, परम्परावादीहरु परिवर्तन विरोधीहरुको लागि उनी नायकै होलान् तर संघीयतावादीहरुका लागि भने उनी नायक होइनन् ।’ 

विश्लेषक राजेन्द्र महर्जनले बेवास्ता गर्ने क्रममा कीर्तिपुरेहरुको नाक काट्न खटाइएका भोटेहरुले मुख पनि काटेको र काटिएका मानिसहरुको संख्या ८६५ जना भएको तथ्यसमेत छोपछाप पार्ने प्रपञ्च रचिएको बताएका छन् । 

उनी भन्छन्– ‘वेवास्ता गर्ने क्रममा कीर्तिपुरेहरुको नाक काट्न खटाइएको भोटेहरुले पनि काटेको र काटिएका मानिसहरुको संख्या ८६५ जना भएको तथ्यसमेत छोपछाप पार्ने प्रपञ्च रचिएको छ नै । पृथ्वीनारायणको कीर्तिमा धब्बा निःसन्देह अंगभंग हुनेगरी आक्रमणको सिकार संख्या थपघट हुनसक्छ, उनीहरुको नाकमात्रै होइन, ओठ र मुख पनि काटिएको हुनसक्छ, तर ती सत्यतथ्यप्रतिको संवेदनशीलता देशी इतिहासकार र लेखकहरुमा कममात्रै छ ।’

‘पृथ्वीनारायलाई खलनायक भन्ने व्यक्ति नेपाली हुनै सक्दैन’ : लक्ष्मण घिमिरे
नेपाली कांग्रेसका नेता तथा विश्लेषक लक्ष्मण घिमिरेले पृथ्वीनारायण शाहलाई खलनायक भन्नेहरु नेपाली हुनै नसक्ने तर्क गर्छन् । समाचार दैनिकसंगको कुराकानीमा उनले भने– ‘यदी पृथ्वीनारायलाई कसैले खलनायक मान्छ भने त्यो नेपालीरु नै सक्दैन् । बाइसे चौबिसे राज्यलाई एकीकरण गरेर सिंगो नेपाल बनाएर हामी नेपालीलाई नेपाली भन्ने सार्वभौम राष्ट्रको नागरिक बनाउने व्यक्तिालाई कसैले खलनायक भन्छ भने त्यो व्यक्ति नेपाली हुन सक्दै सक्दैन र गरे नेपालीले पनि भन्न पाउँछैन् ।’

आजभन्दा १२÷ सय वर्षअघि भेतनाम एकीकरण गर्ने बेलामा राजाको १०० फिट भन्दा ठूलो मूर्ति राखिएको भन्दै उनले भने– ‘हाम्रो जस्तो मुलुकमा एकीकरण गरेर नेपाली भन्ने बनाइदिनुभयो, उहाँलाई एक्ताको प्रतिकको रुपमा मात्र नभई यो राष्ट्रलाई त्यस बखतमा पादरी आएर धर्मान्तरण गराउने प्रयास गर्दा उहाँले त्यसलाई निकालिदिनुभयो ।’ 

पृथ्वीनारायण शाहको शालिक विदेशीहरु वा क्रिश्चियनहरुको दवाब र प्रभावमा परेर ढालेका व्यक्तिहरुले पनि पृथ्वीनारायण शाहलाई यो राष्ट्रको निर्माता हो भनेर भन्न थालिसकेको उनले बताए ।

नेपाल रहेसम्म श्री ५ पृथ्वीनारायण अमर रहने छन् : कमल थापा
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाल रहेसम्म पृथ्वीनारायण शाह अमर रहने बताएका छन् । सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् । ‘पछिल्लो कालखण्डमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको योगदानलाई अवमुल्यन गर्ने, अपमान गर्ने र इतिहासको गलत व्याख्या गर्ने प्रवृत्ति देखिएको छ ।’ उनले बताएका छन् । आधुनिक नेपालको निर्माणसंगै प्रशासन व्यवस्था, न्याय व्यवस्था, अर्थनीति, परराष्ट्र व्यवस्था, सैन्य एंव राज्य व्यवस्थाको जग हाल्ने तथा पद्दति स्थापित गर्ने क्रममा पृथ्वीनारायण शाहको महत्वपूर्ण योगदान रहेको उनले उल्लेख गरेका छन् । 

‘सत्यलाई उपेक्षा गर्दै राष्ट्रनिर्माता प्रति नकरात्मक र अनर्गल ब्याख्या गर्नु तथा राष्ट्र निर्मातालाई सम्मान गर्न नचाहनु सर्वथा अतियोक्तिपूर्ण देखिन्छ ।’ उनले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर