• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

सन् २०१९ मा चीनले उच्च विकास दर कायम गर्न सक्षम हुने – अर्थशास्त्री

काठमाडौं । विश्व बैंकका पूर्ववरिष्ठ उपाध्यक्ष तथा प्रमुख अर्थशास्त्री जस्टिन लिन यिफूले चीनले यस वर्ष आफ्नो विकास दरलाई ६.५ प्रतिशतको हाराहारीमा कायम राख्न सक्षम हुने र विश्वव्यापी अर्थव्यवस्थाको विकासमा करिब ३० प्रतिशत योगदान दिने बताएका छन् । 

अमेरिकाको न्यूयोर्कमा अमेरिका–चीन सम्बन्ध तथा पेकिङ विश्वविद्यालयको ‘चायन सेन्टर फर इकोनोमिक रिसर्च’द्धारा आयोजित ‘चीनको अर्थव्यवस्थाको पूर्वानुमान’ कार्यक्रमका क्रममा यिफूले सम्बोधनमा सन् २०१९ मा चीनले आफ्नो विकास दरलाई बढाउन सक्षम हुने विश्वास व्यक्त गरेका छन् । 

उनले मुख्यत चिनियाँ अर्थव्यवस्थामा आगामी केही वर्षमा आपूर्ति तर्फ रचनात्मक सुधार हुनेमा आफ्नो आशा रहेको बताए । 

अर्थशास्त्री यिफूले चीनको साहसिक प्रयास बारे बढी ब्याख्या गरे । त्यसो त चीनको संरचनात्मक सुधारलाई लिएर लगभग प्रत्येक देशमा चर्चा हुने गरेको छ । यिफूले भने, ‘ तर अधिकांश देशले उनीहरु संकूचनको सम्भावित पिडाबाट डराउँछन्, जसका कारण खाली यसलाई लिएर कुरा मात्रै गर्छन् ।’

लिनले चीनको आर्थिक नीतिहरु ‘उत्तरदायी र आकस्मिक’ भएको बताए । चीनले अत्याधिक क्षमता कम गर्ने, विनाशकारी र नष्ट गर्ने प्रमूख लक्ष्यहरुलाई प्राप्त गरेको पनि बताए । ‘प्रशासनिक लागत र  उद्यममा प्रशासनिक बोझलाई कम गर्नका लागि ध्यान केन्द्रित गरिनेछ र चिनियाँ अर्थव्यवस्थामा वृद्धिको बाधाहरुलाई हटाउनु ‘विस्तारवाद’ हो’ उनले भने ।
 
सन् २०१९ अक्टोबरमा प्रकाशित विश्व बैंकको रिपोर्ट ‘डुइंग बिजनेस २०१९ः ट्रेनिङ फर रिफर्म’अनुसार, विश्वव्यापी तालिकामा एकै पटक ३० स्थान माथि ४६ औँ स्थानमा पुगेको छ । चीनले पछिल्लो वर्षमा आफ्नो व्यावसायिक वातावरणमा नाटकीय सुधार गरेको यसले देखाउँछ । 

चीनले आफ्नो अर्थव्यवस्थामा बाँधाहरुलाई हटाउन संकल्प गर्ने र औद्योगिक उन्नती, सुरुवाती ढाँचा, पर्यावरण संरक्षण जस्ता क्षेत्रमा सहयोग लगानी गर्नका साथै सहरीकरणबाट आर्थिक विकासलाई पनि प्रोत्साहन मिल्ने अर्थशास्त्री लिनले बताएका छन् । (सिन्हुवाबाट)
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर