• बुधबार ३-११-२०७६/Wednesday 06-26-2019/ 05:29 am

माघे सङ्क्रान्तिमा सुदूरपश्चिम प्रदेशमा बिदा

डाेटी । सुदूरपश्चिम प्रदेश सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले माघे सङ्क्रान्ति तथा माघी पर्वका अवसरमा माघ १ गते पूरै प्रदेशभरी सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयलाई प्रस्ताव गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले जानकारी दिए ।  

शाहले माघ ४ गते दिउँसो २ बजे प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष प्रस्ताव गर्ने निर्णय गरेको बताए ।

बैठकले प्रदेशका अस्पताल व्यवस्थापन समिति गठन आदेशलाई पनि स्वीकृत गरिएको छ भने प्रादेशिक वातावरण संरक्षण व्यवस्थापनसम्बन्धी विधेयक र प्रादेशिक पर्यटन विकास तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदाका लागि सैद्धान्तिक स्वीकृति पनि प्रदान गरिएको सरकार प्रवक्ता शाहले बताए ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

काठमाडौँ महानगरको बजेट पन्ध्र अर्ब पचास करोड

  • १० असार, २०७६

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि रु १५ अर्ब ५० करोड ७० लाखको बजेट प्रस्तुत गरेको छ । महानगरको नगरसभाको

सुदूरपश्चिमको संसद बैठक तेस्रो पटक पनि स्थगीत

  • १० असार, २०७६

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बैठक तेस्रो पटक पनि स्थगीत भएको छ। सरकारले अगामी आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउदै रातो

पोखरा महानगरपालिकाको बजेट ७ अर्ब ५४ लाख रुपैंयाँ

  • १० असार, २०७६

पोखरा । देशकै ठुलो महानगरपालिका पोखरा महानगरपालिकाले आर्थिक वर्ष ७६÷७७ को लागि ७ अर्ब ५४ लाख रुपैंयाको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका