• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

समयमा महाधिवेशन नभएको भन्दै नेविसंघका ७ पदाधिकारीको राजिनामा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का सातजना पदाधिकारीले पदबाट राजिनामा दिएक छन् । तीन उपाध्यक्ष, एक महामन्त्री र तीनजना सहमहामन्त्रीहरुले आज (शुक्रबार) बिहान राजिनामा बुझाएका हुन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर पदबाट राजिनामा दिएको पत्र बुझाएका हुन् । 

राजीनामा बुझाउनेहरुमा उपाध्यक्षहरु सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी छन् भने महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशी रहेका छन् ।

तोकिएको समयमा अधिवेशन गर्न नसकिएको र यस्तो अवस्थाले नेविसंघ चल्न नसक्ने बताउँदै उनीहरुले राजिनामा बुझाएका हुन् । पछिल्लो समय नेविसंघका अध्यक्ष नैनसिंह महरले पुस २८ गते महाधिवेशन सुरु गर्ने बताएका थिए । तर, पुस २८ गतेपनि महाधिवेशन सुरु हुन नसकेपछि नेविासंघको वर्तमान कार्यसमिति संकटमा परेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर