• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

कोइरालाको ‘सिमाना खोज्दै’ सार्वजनिक

 काठमाडौं । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्वारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका सङ्घर्ष र उनको जीवनीमा आधारित भएर लेखिएको उपन्यासको आज लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरे । 

कार्यक्रममा मैनालीले पुस्तकले नेपाली राष्ट्रियतालाई सुढृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे । उपन्यासले ऐतिहासिक पात्रलाई समेटेको बताउँदै कृति पठनीय भएको उनले बताए । नेपालमा यस्ता कृति जे जति निस्कनु पर्ने हो त्यो ननिस्किएको उनको भनाइ थियो । 

निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले पृथ्वीनारायण शाहको योगदान समेटिएको कृति महत्वपूर्ण दिनमा बाहिर आएको बताए । 

पुस्तकका टिप्पणीकार एवं साहित्यकार प्रतीक ढकालले उपन्यासले पृथ्वीनारायण शाहको शासन व्यवस्थालाई समावेश गरेकाले पठनीय भएको बताए । 

पुस्तकका लेखक कोइरालाले सम्पूर्ण पुस्तक पृथ्वीनारायणको वरिपरी घुमेको बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर