• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

बूढीगण्डकीलाई अगाडी बढाउन कसैले रोक्न सक्दैन : प्रचण्ड (भिडियोसहित)

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त आयोजनालाई अगाडी बढ्न अब कसैले रोक्न नसक्ने बताएका छन् । 

दोस्रो आरुघाट महोत्सवको उद्घाटन गर्दै उनले भने, बूढीगण्डकी जलाशययुक्त आयोजना अगाडी बढ्छ अब यसलाई कहि कतै रोक्न सकिदैंन । यो रोकिन्छ की भन्नेमा कुनै आंशका नगर्न अध्यक्ष प्रचण्डले आग्रह गरे । 

यो आयोजनाको मुआब्जा वितरणको काम ढिलो भएको स्वीकार गर्दै उनले सरकारसँग यसबारेमा सम्पूर्ण तथ्याङ्क लिएर आएको उल्लेख गर्दै मन्त्रालयका मन्त्री र सम्बन्धीत अधिकारीसँग पनि आफूले यसबारे कुराकानी गरिसकेको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले यहि आर्थिक वर्षमा आरुघाट लगायत अन्य बजार क्षेत्रको मुआब्जा निर्धारणको काम सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले मुआब्जा निर्धारणको काम र त्यसलाई अगाडी बढाएर टुङ्गाउने काम अविलम्ब अगाडी बढ्ने विश्वास व्यक्त गरे ।

उनले जनतालाई मर्का नपर्ने गरि समुचित रुपले मुआब्जा निर्धारण गर्ने प्रतिबद्धता समेत जनाए । अधिकतम जनताको पक्षमा निर्णय गराउन आफ्नो भुमिका रहने धारणा राखे । अध्यक्ष प्रचण्डले आरुघाटमा आयोजना हुने कार्यक्रममा सहभागि हुन पाउँदा आफ्नो हालत घरबाट माइता जान लागेको छोरीको जस्तै स्थिती हुने बताए ।

उनले भने, ‘घरबाट माइता जाने भनेपछि रमाइलो लाग्छ, जब आरुघाटबाट मलाई निम्तो हुन्छ र कार्यक्रममा सहभागि हुने मौका पाउछु अरु धेरै काम पन्छाएर आरुघाटलाई प्राथमिकता दिन्छु । उनले मुलुकलाई समृद्ध बनाउनका लागि सबै मिलेर अगाडी बढ्नुको विकल्प नभएको बताए । 
 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर