• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:59 pm

सिरियाबाट अमेरिकी सेना फर्काउन सुरु

बेरुत । सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुनेक्रम शुरु भएको छ । गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन् । 

प्रवक्ता कर्णेल सीन रायानले जारी गर्नुभएको विज्ञप्तिमा सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको बताएका छन् । ‘सुरक्षाका कारण कुनै समय तालिका, स्थान वा सैनिकको यात्राका बारेमा केही बताउन सकिन्न ।’

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको संख्या घटाउन थालेको जानकारी प्राप्त भएको जनाएको छ । 

‘बिहीबार, केही अमेरिकी सैनिकहरुले उक्त हवाई अखडा छाडेका छन्,’ अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले बताए । 

‘अमेरिकी राष्ट्रपतिको घोषणापश्चात अमेरिकी सैनिकको यो पहिलो फिर्ती हो,’ उनले भने । गत डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न आदेश दिएका थिए । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् । 

राष्ट्रपतिको उक्त घोषणाप्रति गठबन्धनमा आबद्ध राष्ट्रहरुले चिन्ता प्रकट गरेका थिए । राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट समेतका लडाकू समूहहरु परास्त भएकाले सिरियाबाट सैनिक फिर्ता गर्नुपरेको दाबी गरेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चाइनिज टेलिभिजन विक्री दरमा कमी

  • ६ माघ, २०७५

  वेइजिङ । प्रतिस्पर्धात्मक विश्व बजारका कारण चीनको टेलिभिजन उद्योगका लागि सन् २०१८ प्रतिकुल देखिएको गैरसरकारी अध्ययनले जनाएको छ ।  तथ्याङ्क

मेक्सिकोमा पाइप पड्केर मृत्यु हुनेको संख्या ७३ पुग्यो

  • ६ माघ, २०७५

एजेन्सी ।  मेक्सिकाेकाे मध्य क्षेत्रमा शुक्रबार भएको तेलको पाइपलाइन विस्फोटमा परी मृत्युु हुनेको सङ्ख्या ७३ पुगेको छ ।  घाइते भएर अस्पतालमा

विश्वकै जेष्ठ नागरिकको निधन

  • ६ माघ, २०७५

एजेन्सी । विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ । जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले जानकारी