• मंगलबार ४-७-२०७६/Tuesday 07-23-2019/ 07:47 pm

सिरियाबाट अमेरिकी सेना फर्काउन सुरु

बेरुत । सिरियामा तैनाथ अमेरिकी नेतृत्वको सैनिकहरु फिर्ता हुनेक्रम शुरु भएको छ । गठबन्धनका एकजना प्रवक्ताले सैनिक फिर्तीको स्थान वा समय तालिकाका बारेमा विस्तृत जानकारी दिन अस्वीकार गरेका छन् । 

प्रवक्ता कर्णेल सीन रायानले जारी गर्नुभएको विज्ञप्तिमा सिरियाबाट अमेरिकी सेना फिर्ता हुन थालेको बताएका छन् । ‘सुरक्षाका कारण कुनै समय तालिका, स्थान वा सैनिकको यात्राका बारेमा केही बताउन सकिन्न ।’

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उत्तरपूर्वी हासाकेह प्रान्तको राइलान हवाई अखडाबाट सैनिकको संख्या घटाउन थालेको जानकारी प्राप्त भएको जनाएको छ । 

‘बिहीबार, केही अमेरिकी सैनिकहरुले उक्त हवाई अखडा छाडेका छन्,’ अब्जरभेटरीका प्रमुख रामी अब्देल रहमानले बताए । 

‘अमेरिकी राष्ट्रपतिको घोषणापश्चात अमेरिकी सैनिकको यो पहिलो फिर्ती हो,’ उनले भने । गत डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न आदेश दिएका थिए । सिरियामा करिब दुई हजार अमेरिकी सैनिक तैनाथ छन् । 

राष्ट्रपतिको उक्त घोषणाप्रति गठबन्धनमा आबद्ध राष्ट्रहरुले चिन्ता प्रकट गरेका थिए । राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट समेतका लडाकू समूहहरु परास्त भएकाले सिरियाबाट सैनिक फिर्ता गर्नुपरेको दाबी गरेका थिए । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Paige लेख्नुहुन्छ ८ माघ, २०७५ ६:५९ pm

There's definately a lot to know about this subject. I like all the points you made. Hello there! This blog post couldn’t be written any better! Reading through this post reminds me of my previous roommate! He constantly kept talking about this. I will send this information to him. Fairly certain he will have a great read. I appreciate you for sharing! It is perfect time to make some plans for the longer term and it’s time to be happy. I’ve read this put up and if I may I wish to counsel you few attention-grabbing issues or advice. Maybe you can write subsequent articles regarding this article. I wish to learn even more things about it! http://foxnews.net/

तपाईँको मत

आफ्नो ट्यांकर छोड्न बेलायतले इरानसामु दोहोर्यो माग

  • ७ श्रावण, २०७६

एजेन्सी । गत शुक्रबार ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) छाड्न बेलायतले फेरी इरान समक्ष आग्रह गरेको छ

बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोन्सन

  • ७ श्रावण, २०७६

एजेन्सी । कन्जरभेटि पार्टीको नयाँ नेतामा बोरिस जोनसन विजयी भएका छन् । अब  बेलायतको प्रधानमन्त्रीमा बोरिस जोन्सन चयन हुने पक्का भएको छ । सत्तारुढ

सिरिया : हवाई आक्रमणमा २० सर्वसाधारण मारिए

  • ७ श्रावण, २०७६

इडलिब । विद्रोहीको बलियो प्रभाव रहेको सिरियाको उत्तरपश्चिम भागमा पर्ने इद्लिब प्रान्तको व्यस्त बजार इलाकामा सोमबार भएको एक हवाई आक्रमणमा २०