• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 06:59 pm

एक सय ४५ बच्चालाई म्याद गुज्रेको पोलियो खोप दिएपछि 

सांघाइ । चीनको पूर्वी क्षेत्रमा कम्तीमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको पोलियो खोप दिइएको पत्ता लागेको छ । चीन सरकारले आधारभूत स्वास्थ्य सेवामा व्यापक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेपनि नयाँ तथ्य बाहिर आएको छ । 

जियाङ्सु काउन्टी सरकारका अनुसार, यसै साता उक्त घटना सार्वजनिक भएलगत्तै जियाङ्सु प्रान्तका तीनजना स्वास्थ्य अधिकारीहरुलाई पदबाट हटाइएको छ । 

एक जना अभिभावकले यसै साताको शुरुमा स्थानीय स्वास्थ्य संस्थामा बच्चालाई पोलियो खोप खुवाउन लैजाँदा खोपको म्याद गुज्रेको थाहा पाएका थिए । उक्त खोपको म्याद डिसेम्बर ११ लेखिएको चिनीया टेलिभिजन सीसीटीभीले जनाएको छ । 

स्थानीय सरकारले डिसेम्बर ११ देखि जनवरी ७ का बीचमा एकसय ४५ जना बालबालिकालाई म्याद गुज्रेको खोप लगाएको पाइएको जनाएको छ । स्थानीय स्वास्थ्य अधिकारीहरुले म्याद गुज्रेको खोपको प्रभावकारिता कम हुने तर स्वास्थ्यमा कुनै नकारात्मक असर नगर्ने दाबी गरेका छन् । 

विश्व स्वास्थ्य संगठनको वेबसाइटमा यस्तो खोप लगाउँदा बालबालिका बिरामी नहुने भन्दै त्यस्तो अवस्थामा पूर्ण खोप लगाएको मान्न नसकिने उल्लेख छ । 

गत वर्ष चीन सरकारले रेबिज भ्याक्सिनमा समस्या देखिएपछि खोप उद्योगहरुमा व्यापक सुधार गर्ने योजना अघि सारेको थियो । 

चीन सरकारले दुई महिनादेखि चार वर्ष उमेरका बालबालिकालाई निःशुल्क पोलियो खोप उपलब्ध गराइरहेको छ । यस्तो खोप स्वास्थ्य अधिकारीको निगरानीमा खुवाइन्छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
Marylou लेख्नुहुन्छ ३ माघ, २०७५ ०४:४० am

Ahaa, its pleasant discussion on the topic of this piece of writing at this place at this website, I have read all that, so now me also commenting at this place. Hello, I check your blogs regularly. Your writing style is awesome, keep up the good work! I have been browsing online greater than 3 hours as of late, yet I by no means discovered any fascinating article like yours. It's lovely value enough for me. In my view, if all webmasters and bloggers made just right content as you did, the internet might be a lot more useful than ever before. http://foxnews.co.uk

तपाईँको मत

दुर्गम गाउँमा आयुर्वे्दिक क्लिनिक

  • ६ माघ, २०७५

बलेवा । बागलुङको जैमिनी नगरपालिकाले गाउँघर आयुर्वे्दिक क्लिनिक शुरु गरेको छ । आयुर्वे्दिक औषधालयको पहुँच नपुगेको जैमिनी–९ पैञ्युथन्थापमा गाउँघर

भरतपुर अस्पतालमा बिरामी कुरुवा घर 

  • ५ माघ, २०७५

भरतपुर । चितवनको भरतपुर अस्पतालमा आउने बिरामी कुरुवाका लागि अलग्गै सुविधासम्पन्न भवन बन्ने भएको छ । अस्पतालको करीब पाँच कठ्ठा जग्गामा सभाकक्षसहितको

निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न

  • ४ माघ, २०७५

काठमाडौं । स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा निःशुल्क वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको छ