‘द एक्सिडेन्टल प्राइममिनिस्टर’ माथि छत्तीसगढमा रोक 

एजेन्सी । कांग्रेसको व्यापक विरोधपछि भारतको छत्तीसगढमा फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’को सबै शोहरु रद्ध गरिएको छ ।

सिनेमा थिएटर प्रबन्धनको तर्फबाट फिल्म प्रदर्शन रोकिएको हो । फिल्म प्रदर्शन नगर्न कतैबाट आधिकारिक रुपमा निर्देशन नआएको बताइएको छ । 

भारतका पूर्व प्रधानमन्त्री मनमोहन सिंहमाथि बनाइएको फिल्म संजय बारुको पुस्तक ‘द एक्सिडेन्टल प्राइममिनिस्टर’मा आधारित छ । बारु सन् २००४ देखि २००८ सम्म पूर्व प्रधानमन्त्री मनमोहन सिंहका संचार सल्लाहकार थिए । सन् २०१४ मा उनले सिंहमाथि पुस्तक लेखेका थिए । फिल्म प्रदर्शनको विरोधमा छत्तीसगढ राज्यमा युवा कांग्रेसले विरोध जनाइरहेका छन् । सम्भावित हिंसालाई मध्यनजर गर्दै थिएटरहरु आफैले फिल्म प्रदर्शन नगरेका हुन् । 

फिल्ममा देखाइएका विषय आपत्तीजनक रहेको भन्दै युवा कंग्रेसले फिल्म प्रदर्शनमा रोक लगाउन माग गरिरहेका छन् । फिल्ममा अनुपम खेरले मनमोहन सिंहको भूमिका निभाएका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर