• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

ग्रेटर नेपालले एक लाख हस्ताक्षर संयुक्त राष्ट्रसंघमा बुझाउने 

काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको आयोजनामा नेपालभित्र र नेपालबाहिर ‘ग्रेटर नेपाल हस्ताक्षर अभियान’ का निम्ति हस्ताक्षर संकलन सुरु भएको छ । सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिन भारतबाट फिर्ता लिनुपर्छ भन्ने आवाज उठाउँदै आइरहेको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले पृथ्वी जयन्तीका दिन सिंहदरबारको पश्चिमद्वारस्थित पृथ्वीनारायण शाहको शालिक परिसरबाट बिहान १०ः३० बजेदेखि एक लाख हस्ताक्षर संकलन सुरु गरेको हो । मोर्चाले हस्ताक्षर संकलन कार्यक्रम आगामी चैत्र मसान्तसम्म जारी रहने बताएको छ । 

यस विषयमा संक्षिप्त कुरा गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले यसरी संकलित हस्ताक्षर नेपालका राष्ट्रपति, संयुक्त राष्ट्र संघका महासचिव, संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाउने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर