एकता भएकाे डेढ वर्षमा नै फुट्यो विवेकशील साझा
उज्वलकाे नेतृत्वमा नयाँ दल दर्ता
काठमाडौं । पार्टी एकता भएको डेढ वर्षमा नै विवेकशिल साझा पार्टी फुटेको छ । वैकल्पिक राजनिति गर्ने भन्दै गठित विवेकशील साझा पार्टीका दुई संयोजक मध्ये उज्वल थापाले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् ।
थापाले शुक्रबार नै निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । गत वर्ष भएको प्रतिनिधिसभा निर्वाचन अघि उज्ज्वल थापा नेतृत्वको विवेकशील र रविन्द्र मिश्रको साझा पार्टी एकीकरण भएर विवेकशील साझा पार्टी गठन भएको थियो ।
नयाँ दलको नाम विवेकशील नेपाली दल प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्टी गलत बाटोमा हिँडेकाे भन्दै समिक्षा प्रतिवेदन सार्वजनिक गरेका थिए ।
प्रतिकृया दिनुहोस