• आइतबार १०-६-२०७५/Sunday 01-20-2019/ 07:25 pm

सुदूरपश्चिम गोल्ड कपः  गोर्खा ब्वाइजलाई हराउँदै संकटा क्वाटरफाइनलमा

 हिमाल जोशी/धनगढी ।  सीएमजी क्लब संकटा तेस्रो नेपाल आईस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरको छ । शुक्रबारको खेलमा गोर्खा ब्वाइज रुपन्देहीलाई २–१ ले पराजित गर्दै संकटा अर्को चरणमा पुगेको हो ।

धनगढी रंगशालामा संकटाका लागि सातौं मिनेटमा लक्ष्मण रुचालको फ्रिकिकमा सरोज दाहालको फ्लिक पोस्टभन्दा थोरै माथिबाट बाहिरियो । १८ औं मिनेटमा गोर्खा ब्वाइजका शिव श्रेष्ठले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारलाई संकटाका गोलरक्षक राजाबाबु थापाले पन्च गरिदिए ।

३८ औं मिनेटमा गौतम श्रेष्ठको क्रसमा कजिमको शक्तिशाली प्रहारलाई राजाबाबुले उत्कृष्ट डाइभ दिँदै बचाए । इन्जुरी समयको पहिलो मिनेटमा बल्ल संकटाले अग्रता लियो । जय गुरुङको पासमा रवि सिलवालले पेनाल्टी क्षेत्रभित्र बललाई नियन्त्रणमा लिँदै प्रहार गरेको सटलाई गोलरक्षक सोजित गुरुङले रोक्न सकेनन् ।

दोस्रो हाफको ६६ औं मिनेटमा संकटाका लक्ष्मण रुचालको पासमा गोलरक्षक बिट भएपछि एलोन म्याक्सवेलको प्रहारलाई कुलदीप कार्कीले गोललाइनबाट बचाए । ८३ औं मिनेटमा फोफाना इब्राहिमको लो क्रसमा एलोन म्याक्सवेलले गोल गर्दै संकटाको जित पक्का गरे । इन्ज्युरी समयको दोस्रो मिनेटमा कुलदिपको पासमा मसुदले वन भर्सेस वनको स्थितिमा प्रहार गरेको सट पोस्टभन्दा माथि गएपछि गोर्खा ब्वाइजले गोल फर्काउन सकेन ।

विजयी टोलीका प्रशिक्षक सल्यान खड्गीले जित दर्ता गरेपनि मैदानको अवस्थाका कारण प्रदर्शन सोचेअनुरुप हुन नसकेको बताए । गोर्खा ब्वाइजका प्रशिक्षक दयाराम श्रेष्ठले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार बेहोरेको बताए ।

मोफसलकै सर्वा्धिक धनराशी पुरस्कार रहेको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । शनिबारदेखि प्रतियोगिताको क्वाटरफाइनल चरणका खेलहरु सुरु हुनेछ । पहिलो क्वाटरफाइनलमा नेपाल एपीएफ क्लब र मेची नेत्रालय काक्करभीट्टा ट्रेनिङ सेन्टर खेल्नेछन् । संकटाले माघ १ गते क्यामरुनको धाउफिन्स एफसीकोसामना गर्ने छ ।
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

युएई विरुद्धको सिरीजका लागि टिमको घोषणा, स्टार लेग स्पिनर सन्दिप भोली नेपाल आउने

  • ६ माघ, २०७५

काठमाडौं । युएई विरुद्धको एकदिवसिय र टी–२० सिरीजका लागि नेपाली टिमको घोषणा गरिएको छ ।  यहि माघ १३ गतेबाट युएईमा हुने प्रतियोगिताका लागि घोषणा भएको

महिला क्रिकेट टोली स्वदेश फिर्ता, ‘मानसिक दबाबका कारण हार्यौँ’ 

  • ६ माघ, २०७५

काठमाडौं । थाइल्याण्डमा सम्पन्न महिला टी–२० स्म्यास क्रिकेटको उपविजेता नेपाली टोली आइतबार स्वदेश फर्किएको छ । फाइनलमा नेपाल शनिबार आयोजक

अष्ट्रेलियन ओपनः विम्बल्डन च्याम्पियन कर्बर बाहिरिइन्, नाडाल क्वाटरफाइनल पुगे 

  • ६ माघ, २०७५

एजेन्सी । विम्बल्डन च्याम्पियन एन्जेलिक कर्बर अष्ट्रेलियन ओपन टेनिसबाट बाहिरिएकी छिन् । आइतबार भएको खेलमा विश्व नम्बर २ कर्बर ३५ औँ वरियताकी