• सोमबार १२-११-२०७५/Monday 03-25-2019/ 10:04 am

साझाको सहकारी पुरस्कार कृषि केन्द्रीय संघलाई

काठमाडाैं । साझा सेवा सहकारीले हरेक वर्ष प्रदान गर्ने कमलमणि स्मृती साझा सेवा सहकारी पुरस्कार नेपाल कृषि सहकारी केन्द्रीय संघलाई प्रदान गरिएको छ ।

शुक्रबार ललितपुरमा भएको संस्थाको ३४ औं साधारणसभाका अवसरमा  नेपालको सबैभन्दा पुरानो सहकारी संस्था साझा सेवा सहकारीले प्रदान गर्ने कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार कृषिको केन्द्रीय संघलाई प्रदान गरिएको हो । 

नेपालको ग्रामीण क्षेत्रमा सहकारी संस्थाको निर्माण र सदस्यहरुको आर्थिक, सामाजिक एंव सचेतनाको अवस्थामा सुधार ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै २० वटा केन्द्रीय संघ मध्ये नेपाल कृषि सहकारी केन्द्रीय संघलाई उत्कृष्ट सहकारीका रुपमा नगद ५० हजार सहति सम्मान पत्रले पुरस्कृत गरिएको हो । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले गाउँका साना किसानहरुलाई एकीकृत बनाएर मुलधारमा ल्याउन सहयोग गरेको प्रति सम्मान स्वरुप कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कारका लागि सिफारिस गरिएको बताए । अध्यक्ष बडालले नेपाल कृषि सहकारी केन्द्रीय संघले लोपउन्मुख, पिछडीएको वर्ग, जात जाती र समुदायको जीवनस्तर सुधारमा खेलेको भुमिका महत्वपूर्ण र उदाहरणीय रहेको बताए । 

कार्यक्रममा नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. तथा सना किसान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम बहादुर पाठकले नेपालकै पुरानो सहकारीले प्रदान गर्ने पुरस्कार प्रप्त गर्न देशभरका साना किसानहरुको साथ सहयोग र विश्वसले नै सहयोग पुगेको बताए । 

कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्या प्रसाद श्रेष्ठ, साझा सेवा सहकारी संस्थाका अध्यक्ष भीमबहादुर अधिकारी लगाएतले कृषि सहकारीले समाज सुधारका लागि गरेको काम प्रति खुसी व्यक्त गरे । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

उदयपुर सिमेन्ट उद्योगले उत्पादनको क्षमतामा वृद्धि गर्दै 

  • ११ चैत, २०७५

गाईघाट । डेढ वर्षदेखि सिमेन्ट उत्पादनमा फड्को मार्दै आएको देशकै सबैभन्दा ठूलो सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादनको

राष्ट्र बैंकले आज १० अर्बको ट्रेजरी बिल बिक्री गर्दै

  • ११ चैत, २०७५

काठमाडौ । लगातार ट्रेजरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ ।  बोलकबोल प्रक्रियाबाट १० अर्ब

नेप्सेमा लगातारको गिरावट, कारोबार पनि घट्यो

  • १० चैत, २०७५

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक नेप्से घटेको छ । आज नेप्से सुचक ५ दशमलव ७८ अंकले घटेर १ हजार १ सय ३४ दशमलव ८० को बिन्दुमा आइपुगेको छ