• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रवीन्द्र मिश्रमाथि उज्वल थापाका ७ आरोप (प्रतिवेदनसहित)

काठमाडौं । पार्टी एकता भएकोडेढ वर्ष नपुग्दै अन्ततः विवेकशील साझा पार्टी पनि फुटेको छ । गत वर्ष भएको प्रदेश र प्रतिनिधिसभाको चुनावमा वैकल्पिक राजनीति गर्ने भन्दै गठित भएको विवेकशील साझा आज (शुक्रबार)बाट फुटेको छ ।

विवेकशील साझाका दुई संयोजक (रविन्द्र मिश्र र उज्वल थापा) थिए । दुई संयोजक मध्येका उज्वल थापा नयाँ पार्टी खोल्ने निर्णयमा पुगेका हुन् । थापाले हालै मात्र पार्टी गलत बाटोमो हिँडेको भन्दै समिक्षा प्रतिवेदन पनि सार्वजनिक गरेका थिए । थापाले सार्वजनिक गरेको प्रतिवेदनमा पार्टीका अर्का संयोजक रविन्द्र मिश्रको कार्यशैलीमाथि निर्मम आलोचना गरिएको थियो । 

थापाले सार्वजनिक गरेको प्रतिवेदनमा एक वर्षको समिक्षा गर्दै लेखिएको थियो– ‘म यो निष्कर्षमा पुगेको छु कि विवेकशील साझा पार्टी अहिले समग्र गलत बाटोतर्फ हिँडिरहेको छ ।’ उनले पार्टीभित्र भएका समस्याहरुलाई ७ बुँदामा प्रस्तुत गरेका थिए ।

उनले आरोप लगाएका ७ बुँदा यस्ता थिए:

१) दलले होस र जोशलाई अंगाल्न नसकेको

२) परिपाटी बसाल्ने पार्टी बनाउनेमा चासो कम दिएको 

३) दलले गति लिन नसकेको र ढंगपनि पर्याप्त नभएको

४) चरम शक्ति केन्द्रीकरणले दललाई बन्धक बनाएको 

५) डरको राजनीति हाबी भएको

६) सिरियल सर्किट (प्यारालल को सट्टा) मा चल्न रुचाउनेको प्रवृत्ति हाबी भएको 

७) विविध पृष्ठभूमिका उत्कृष्ट नेतृत्वको सबल पक्षमा भन्दा कमजोरीमा केन्द्रीत वातावरण भएको 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर