• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बच्चाको नामाकरणलाई लिएर पति–पत्नीको सम्बन्ध–विच्छेद 

पतिले बच्चाको नाम यस्तो राखे कुरा ‘सम्बन्धविच्छेद’मा पुग्यो

एजेन्सी । बच्चाको जन्मलाई लिएर आमा–बुबामा एक गज्जबको उत्साह हुन्छ । नयाँ बन्न लागेका बुबा–आमा बच्चा जन्मनुअघि नै नाम सोच्ने वा अन्य तयारी गर्न थाल्छन् । तर, बुबा–आमाको त्यही उत्साह झगडामा परिणत भयो र कुरा सम्बन्ध–विच्छेदसम्म पुग्यो भने के हुन्छ होला ? 

सुन्दा निक्कै अचम्मका साथै रोचक पनि लाग्न सक्छ । तर, यस्तो भएको छ । विश्वमा यस्ता समान्य तर अचम्म लाग्दा घटना भइरहेका हुन्छन । र यस्ता घटना अहिलेको समयमा इन्टरनेटमा पोख्न र भेटाउन सजिलो बनाएको छ । यसै क्रममा एक महिलाले एक सामाजिक वेवसाइटमा आफ्नो कहानी लेखेकी छिन् ।
 
२३ वर्षीय ती महिलाका अनुसार, उनी ७ महिनाकी गर्भवती छिन् । बच्चाको नामलाई लिएर उनी र उनका पति दुवै जना निक्कै उत्साहित थिए र यसैबीच पतिले पहिलो बच्चाको नाम आफूले राख्ने रअर्को सन्तानको नाम  पत्नीले राख्न सक्ने फैसला गर्यो । 

जसोतसो दुवैबीच सहमति भयो, तर जब पत्नीलाई पतिले बच्चाको नाम उसको पूर्वप्रेमिकाको नामसँग मिल्दो–जुल्दो नाम तयार पारेको थाहा पाइन्, उनी बेकाबु भइन् । आफ्नो पूर्वप्रेमिकालाई आफूले आफ्नो ज्यानभन्दा बढी माया गर्ने गरेको पनि पतिले दावी गरिरहेका छन् । 

त्यसपछि, उनीले पतिलाई सम्झाउन–बुझाउन पनि नसक्ने भइन्, किनकि उनका पतिले बच्चाको नाम पूर्वप्रेमिकाको नामबाटै राख्ने घोषणा गरिसकेका थिए । यो कुराले ठूलो समस्या उत्पन्न गर्यो र त्यो समस्या थियो ‘सम्बन्ध–बिच्छेद’ । 

अब पत्नीलाई डर छ, उनका पतिको यही जिद्दीले दुवैबीच सम्बन्ध–विच्छेद हुनसक्छ । यस समस्यामा सल्लाह माग्दै महिलाले ‘रेडिट’मा आफ्नो कथा बयान गरेकी छिन् । 

यस कहानीमाथि मानिसहरुले विभिन्न खाले प्रतिक्रिया दिएका छन् । एक महिलाले उनको नाम उनका पिताको पूर्वप्रेमिकाको नामबाट राखेको बताएकी छिन् । ती महिलाले आफ्नो नामसँग घृणा लाग्ने पनि बताउकी छिन् ।  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर