भाइरल गायिका समीक्षाको ‘वनमा काफल पाक्यो’ (भिडियोसहित)

काठमाडौँ। भाइरल गायिका समीक्षा अधिकारीको  गीत ‘वनमा काफल पाक्यो’ सार्वजनिक भएको छ । चलचित्र नाई ‘नभन्नु ल ५’ को ‘बालापनको उमेर’ बोलको गीत गाएपछि समीक्षा चर्चामा आएकी हुन् । उक्त चलचित्रमा समीक्षालाई सङ्गीतकार बसन्त सापकोटाले गीत गाउने अवसर दिएका थिए । 

 उक्त  गीतमा ‘वनमा काफल पाक्यो’ मा समीक्षाले आवाज दिएकी छिन् जसमा बसन्त सापकोटाले नै सङ्गीत भरेका छन् । गीतका शब्द चर्चित गीतकार दिनेश थपलियाले लेखेका छन् । गीतको म्युजिक भिडियोलाई गायक सरोज ओलीले निर्देशन गरेका छन् । गीतले रोजगारीको सिलसिलामा विदेश बस्ने बुवा र स्वदेशमा बस्ने सन्तानको कथालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर