• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

अमेरिकामा यसकारण उत्कृष्ट ठहरिएँ

अमेरिका । नेपालमा छँदा मैले टेलिभिजन पत्रकारिताको अनुभव सँगालेको थिएँ । जुन कुरा मलाई अमेरिकामा समेत सफलता दिलाउने कार्यमा महत्वपूर्ण सावित भयो । मलाई अमेरिकामा २०१८ उत्कृष्ट उद्घोषक र प्रस्तोताको ग्लोबल अवार्ड प्रदान गरिएको हो । अमेरिकामा रहेर पनि कलाकारिता, संगीत, मिडिया र सामाजिक कार्यलाई निरन्तरता दिइरहेका व्यक्तिहरुलाई नोमिनेट गरेपश्चात् र निर्णायक मण्डलद्धारा अन्तिम छनोट गरी दिइने पुरस्कार हो, यो । राजदूत डा. अर्जुनकुमार कार्कीद्वारा पुरस्कार प्रदान गरिएको हो । 

हाल म फ्लोरिडा पोलिटेक्निक युनिर्भसिटीमा कम्प्युटर साइन्समा स्नातककोत्तर गर्दैछु । बिग डाटा एनालिटिक्स  स्पेसलाइजेसनसहित म २०१९ मे मा ग्राजुएसन सक्दैछु । 

सामाजिक कार्यमा मेरो मन सानै उमेरदेखि लागेको थियो ।  आफ्नो देशबाट सात समुन्द्र पारी पुगे पनि मैले मानव सेवाकोे कर्म छाडेको छैन । र भविष्यमा पनि छाड्ने छैन । अमेरिकामा मैले अहिले ‘वेलकम वुमनहुड’ नामक गैरसरकारी संस्थाको स्थापना पनि गरेकी छु । यस संस्थले विषेश गरी बालिकाहरुको सशक्तिकरण, शिक्षा, र सचेतनाका लागि कार्य गर्दछ । हाल फ्लोरिडामा मात्र नभएर नेपाल, केन्या, मलाबीसहितका देशमा पनि प्रतिनिधिमार्फत हामीले सामाजिक कार्य गरिराखेका छौं । 

शिक्षा र सञ्चारको माध्यमबाट बालिकाहरुलाई सूचित गराई उनीहरुलाई सशक्तिकरण सशक्त गराउनु नै संस्थाको लक्ष्य हो । साथै मैले मिडिया सम्बन्धित कार्यहरु इन्टरभ्युस्, उद्घोण, र भिडियोग्राफीलाई पनि निरन्तरता दिइरहेकी छु । 

हाल म ‘होमटाउन सिरोज’ भन्ने कार्यक्रममा व्यस्त छु । यो कुनै टिभी विशेष कार्यक्रम नभएर यहाँको समाजमा रहेका महिला हिरोहरुको विषयमा गरिएको टक सिरिज हो । यी सिरिजहरु यहाँका कार्यक्रमहरुमा प्रस्तुत हुनेछन् । अमेरिका भन्दैमा महिलाहरुलाई सहज छैन । विषेश गरी, एकल आमा, कम उमेरमा गर्भाधान, लागु औषधको प्रयोग, मानसिक रोग, गरिबी लगायत महिलाहरुको समस्या अमेरिकामा पनि भएको पाएँ । 

कति महिलाहरु ती संघर्षका बाबजुद पनि आफूलाई व्यक्तिगत र व्यवसायिक हिसाबले अगाडि बढाउँछन् । मेरो कार्यक्रम महिलाहरुलाई प्रेरणा हो । यो कार्यक्रम अहिले अंग्रेजी भाषामा मात्र छ । मैले नेपाली भाषामा पनि गर्ने सोचका साथ कार्य सुरुवात गरिसकेकी छु । होमटाउन सिरोजको निर्माता र सञ्चालकका रुपमा यस कार्यक्रम अघि बढाउँदै छु । म मेरो पढाईलार्ई निरन्तरता दिँदै विद्यावारिधि गर्ने लक्ष्यका साथ अघि बढिरहेको छु । 

प्रविधिले हरेक कुरा सहज बनाए पनि सँगसँगै नकारात्मक पक्षलाई पनि सँगै बोकेर आएको छ । समाज र पत्रकारितामा मेरो रुचिका कारण मैले डाटा जर्नालिजममा विद्यावारिधी गर्ने सोच बनाएको छु । साथै वेलकम वुमनहुडलाई संसारका अन्य देशहरुमा पनि बिस्तार गर्ने योजना छ । पत्रकारिता क्षेत्रमा उद्घोषण र प्रस्तुतिका कार्यलाई पनि निरन्तरता दिँदै जानेछु । 

प्रविधिले नेपाली पत्रकारिताको आयाममा पनि प्रसस्त परिवर्तन ल्याएको छ । अहिले विग डाटा संसारमा हट टपिक बनिरहँदा डाटा माइनिङ र टेक्स्ट माइनिगिङ्लाई पत्रकारितामा प्रयोग गर्ने हो भने, सत्य तथ्य र तथ्यांक मात्र नभई विश्लेषण र प्रक्षेपण पनि प्रिडिक्सन पनि गर्न सकिन्छ । एनालिटिक्स पनि पत्रकारिताको एक बलियो आयाम हो, र म यही आयामका लागि योगदान दिनेछु । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर