• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘यस्तो लाग्यो हामीले चन्द्रमामा पाइला टेक्यौँ...’

बर्मिंघम । मेरो जीवन बचाउन मलाई पाकिस्तानबाट बेलायत पुर्याइयो, त्यसको तीन महिनापछि मेरो नयाँ जीवन सुरु गर्न जब म अस्पतालबाट बाहिर निस्किँदै थिए, पहिलो पटक महशुस गरेको कुरा थियो ‘कठ्यांग्रिने चिसो’ । कसैले दिएको बैजनी रंगको बाक्लो ज्याकेटभित्र म निकै चिसो महशुस गरिरहेकी थिए । त्यो ज्याकेट दोब्बर ठूलो थियो, त्यसभित्र म आफूलाई एक ‘डल’(पुत्ला) जस्तै महशुस गर्दै थिएँ । 

कठ्यांग्रिँदो चिसो मेरो घाँटी, कुम हुँदै हड्डीभित्रसम्म परेको अनुभुती भयो । मेरो शरिर कहिल्यै न्यानो हुँदैनजो लागिरहेको थियो । धमिलो आकाश, हिँउले छोपिएको जमिन अनि त्यसमाथि छरिएको धुलोले वातावरणलाई नै उदास लाग्दो बनाएको थियो । त्यतिबेला मैले आफ्नो घर(पाकिस्तान)को तातो घामलाई निक्कै सम्झिएँ । 

हामी बर्मिंघमको सडक हुँदै एक अग्लो भवनमा पुग्यो, जहाँ मेरा बुबा–आमा हप्तौँ होटलमा बिताएपछि सर्नु भएको थियो । व्यस्त बर्मिंघमले मलाई इस्लामावादको सम्झना दिलायो, यद्यपी यहाँको गगनचुम्बी घरहरु यति अग्ला थिए कि हेर्दा रिंगटा नै छुट्यो । 

मानिसहरु विभिन्न वर्णका देखिन्थे, गोरा युरोपेली, खैरा एसियाली र कालो अफ्रिकीको मिश्रण देखिन्थ्यो । चिसोले जमेको सडकमा बुर्का लगाएका महिलाहरु स्कर्ट लगाएका गोरा महिला सँगसँगै हिडिरहेको देखिन्थे । मलाई आफैँमाथि हाँसो पनि लागेको थियो, जब मैले इस्लामावादमा टाउको नछोपी हिड्ने महिला देखेपछि त्यसलाई उदार सोचेकी थिए । 

यस्तो लाग्यो हामीले चन्द्रमामा पाइला टेकेका हाैँ ।  सबै कुराको स्वाद, वास्ना र दृश्य भिन्न थियो । हाम्रो फ्ल्याट जानु भनेको लिफ्टको प्रयोग गर्नु मात्रै हो जस्तो लाग्थ्यो । मलाई कुनै सानो बाकसमा राखिएको जस्तो लाग्थ्योे, तर मेरी आमाको लागि यो एक अन्तरिक्ष जहाजमा सवार भएको जस्तै थियो । जब हामी फ्ल्याटमा छिर्थ्र्यौँ, आमा आँखा चिम्लनुहुन्थ्यो र मनमनै प्रार्थना गर्नुहुन्थ्यो । 

मेरो परिवार पाकिस्तानबाट बेलायतको बर्मिंघम उड्दा उहाँहरुसँग आफूले लगाएको एक सरो कपडा बाहेक अर केही पनि थिएन । घर फर्कने समय पनि थिएन र त्यति सुरक्षित पनि थिएन । यसको अर्थ, उहाँहरुले एउटा विरानो देशमा नयाँ जीवनको सुरुवात गर्नुथियो निकै सुरुदेखि । हाम्रो नविनतम जीवन सुरु भयो फ्ल्याटबाट । घरमै केही पकाएर खान सकियोस् भन्नका लागि मेरो परिवारले भाँडा, प्लेटदेखि सबै सामाग्री नयाँ किन्नु पर्नेथियो । 

पाकिस्तानमा भएको भए यसरी भान्छाको लागि नयाँ भाँडा र सामान किन्दा निकै खुशी हुने थिइन् किनकी उनलाई भान्सामा राम्रा–राम्रा सामान राख्न राम्रो लाग्थ्यो, उनलाई यस्ता चीजले निक्कै खुशी बनाउन्थ्यो । तर, यहा उनलाई आफ्नोपन महशुस भएन । कुनैपनि वस्तुसँग अपनत्व महसुश गर्न मेरी आमालाई निकै कठिन भइरहेको थियो । 

यस्तो लाग्यो हामीले चन्द्रमामा पाइला टेकेका हाैँ ।  सबै कुराको स्वाद, वास्ना र दृश्य भिन्न थियो । हाम्रो फ्ल्याट जानु भनेको लिफ्टको प्रयोग गर्नु मात्रै हो जस्तो लाग्थ्यो । मलाई कुनै सानो बाकसमा राखिएको जस्तो लाग्थ्योे, तर मेरी आमाको लागि यो एक अन्तरिक्ष जहाजमा सवार भएको जस्तै थियो । जब हामी फ्ल्याटमा छिर्थ्र्यौँ, आमा आँखा चिम्लनुहुन्थ्यो र मनमनै प्रार्थना गर्नुहुन्थ्यो । 

एक दिन आमा आफैँसँग बात मारिरहनुभएको सुने । उहाँ भन्दैहुनुहुन्थ्यो, ‘हामी यो भवनको सबैभन्दा माथिल्लो तलामा छौँ । आगलागी भयो भने के हुन्छ ? वा यदी भूकम्प आयो भने ? हामी कहाँ जानु ?’ पाकिस्तानम हामी घरबाट बाहिर कुदेर निस्कन सक्थ्यो । मेरी आमा भूईतला नै मन पराउनुहुन्थ्यो । 

खाना, मानिसका अनुहार र भाषालाई छोडेर बर्मिंघमको सुरुवाती बसाईले पाकिस्तानमा आन्तरिक रुपमा वस्थापित भएका दिनको  सम्झना गरायो । यहाँ हामीलाई सहज थियो । हाम्रो राम्रो हेरचाह भइरहेको थियो, तर यहाँ आउनु हाम्रो इच्छा थिएन । त्यसैले पनि हामीले घरलाई धेरै सम्झियौँ । 
सुरुमा त मलाई बर्मिंघम बसाई केही समयको लागि हो भन्ने लागेको थियो । आउँदै गरेको मार्च महिनामा मेरो परिक्षा थियो । परिक्षा दिन घर जानेछु भन्नेमा विश्वस्त थिए । मलाई थाहा थिएन, मेरो जीवनलाई पाकिस्तानमा अझै खतरा छ भन्ने । मेरो ज्यान लिन धम्कीहरु आइरहेका थिए भन्ने कुरा मेरा बुबा–आमाले मसँग लुकाउनुभएको थियो । म डराउँछु भनेर उहाँहरुले मलाई नभन्नुभएको रहेछ ।


मार्च आयो र गयो, मैले मेरो परिक्षा दिन पाइन । फेरी पनि म चाँडै घर फर्कन चाहान्थे । म आफ्नो साथीहरुसँग चाँडै भेट्न चाहान्थे । मैले एप्रिलबाट स्थानीय छात्रा स्कूलमा भर्ना लिएँ । 

मेरो लागि यहाँ सबै कुरा नयाँ थियो । प्रयोग गर्नका लागि धेरै कुरा थिए र ती त्यति सहज थिएनन् मेरा लागि । लामो ऊनको स्कर्ट मूनि खस्रो, चिलाउने गाढा निलो रंगको सुरुवाल लगाउनबाट मेरो असहजता सुरु भयो । मैले मेरो सजिलो र खुकुलो सलवार र कमिज सम्झिएँ । स्कूल निक्कै ठूलो क्षेत्रफलमा थियो, ढुंगाामा कुँदिएका तीन कथा, रातो, निलो र हरियो रंगको तीन वटा सिँढीको समूह । यी सबै सिँढीले स्कूल भवनको विभिन्न ठाउँमा पुर्याउने काम गर्थ्यो, जुन करडोर र पुलसँग जोडिएको हुन्थ्यो । त्यो एक भूलभूलैया जस्तै थियो । आफ्नो कक्षाकोठाको बाटो पत्ता लगाउन मलाई केही हप्ता नै लाग्यो ।

मलाई कस्तो लागिरहेको थियो भन्ने कक्षाकोठामा कसैलाई पनि थाहा भएन । म नितन्त एक्लो महशुु गर्थेँ ।  त्यो समय अध्ययनका दौरान कक्षाकोठा र खाजा खाने समयमा म एक्लो एक्लो महशुस गर्थेँ ।  एउटै कक्षामा बस्ने केटीहरुसँग कसरी बोल्ने भन्ने मलाई थाहा भएन । म जतिबेला पनि किताब पढिरहेको बाहाना गर्थे । मैले मेरा साथीहरु मोनिबा, माल्का–ई–नूर, सफिनालाई धेरै सम्झिन्थे । 

बर्मिंघमका युवतीहरु मेरा साथीहरु भन्दा निक्कै फरक थिए । उनीहरुको व्यवहार, बोल्ने शैली, उनीहरु निक्कै छिटो बोल्थे, सबै शब्दहरु एकैपटक खन्याएजस्तो । मलाई थाहा थिएन, म आफैँ आफ्नो परिचय दिँदै बोलाउ ? वा उनीहरुको निमन्त्रणा पर्खु ? के उनीहरुको जोक्समा म पनि हाँसु ? के मैले पनि जोक्स भनु ?, के म उनीहरुको समूहमा जाऊ ? उनीहरुसँगै हासूँ ? उनीहरु प्राय मैले प्रयोग नगर्ने शब्दहरु बोल्थे । 

यी सबै प्रश्नको जवाफ पत्ता लगाउने प्रयास गर्दा–गर्दा थाकिसकेकी थिए । दिनको अन्त्यको संकेत दिने घण्टीको आवाज कुरेर बस्न सक्दिन थिएँ । कम्तिमा म घरमा आफ्नो परिवारसँग ‘पस्तो’ भाषा बोल्न सक्थेँ र आफ्ना भाईहरुसँग जिस्कन सक्थेँ । मोनिबासँग स्काईपमा कुरा गर्न सक्थेँ, आमासँग बसेर हिन्दी टेलिसिरियल हेर्थे । यहि एउटा त थियो मन भुलाउने ठाउँ । 

मेरो एक्लोपना मेटाउन विश्वभरबाट प्राप्त हजारौँ पत्रले मलाई मद्दत गर्यो । विशेष गरी युवती र महिलाहरुले मलाई आफ्नो अधिकारका लागि उभिएकोमा धन्यवाद दिए । उनीहरु म कहाँ त्यस समय पुगे, जब म ‘महिला शिक्षाको आफ्नो लडाई जारी राखुँ कि नराखँु’ भन्ने निर्णय लिने तयारीमा थिएँ । 

पाकिस्तान फर्कन त्यति गाह्रो होला भन्ने मलाई लागेको थिएन । यसैबीच, तालिबानले सार्वजनिक रुपमै मलाई धम्की दिएको थाहा पाएँ, तर पनि मेरो कलिलो र आशावादी दिमागले म पाकिस्तान फर्कनुपर्छ भन्थ्यो । त्यसैले म जति अभ्यस्त रहे पनि बर्मिंघम बसाई अस्थार्यी  हो भन्ने कुरा दिमागमा राख्नुपर्छ भन्ने लाग्थ्यो । निर्वासनमा हाम्रो जीवनको सुरुवात भएको छैन । 

बर्मिंघमको मेरो एक्लोपना मेटाउन विश्वभरबाट प्राप्त हजारौँ पत्रले मलाई मद्दत गर्यो । विशेष गरी युवती र महिलाहरुले मलाई आफ्नो अधिकारका लागि उभिएकोमा धन्यवाद दिए । उनीहरु म कहाँ त्यस समय पुगे, जब म ‘महिला शिक्षाको आफ्नो लडाई जारी राखुँ कि नराखँु’ भन्ने निर्णय लिने तयारीमा थिएँ । 

त्यसपछि नै हो मैले तालिबान आफ्नो मिसनमा असफल भएको महशुस गरेको । उनीहरुले मेरो आवाज दबाउनका लागि म माथि गोली प्रहार गर्दा त्यो गोलीको आवाजले मेरो आवाज अझै बुलन्द भएको महशुस गरेँ । म आफ्नो लडाईमा द्रृढ भएको देखेर विश्वभरका मानिसले मलाई सहयोग गर्न चाहान्थँे । उनीहरु मलाई सहयोग गर्न चाहान्थे । उनीहरुले मलाई स्वागत गरे । यसले मलाई आफ्नो लडाई जारी राख्न प्रेरित गर्यो । 

त्यतिबेला देखि जब कसैले ‘तपाईको योजना के छ ?’ भनेर सोध्यो भने मैले जवाफ दिन थालेँ, ‘बालिका शिक्षाको अधिकारका लागि लडाई जारी राख्नु’ । मैले मेरो अभियान पाकिस्तानबाट सुरु गरेको थिएँ र यसलाई यहाँ मेरो नयाँ घरबाट जारी राख्नेछु ।

(बेलायतको बर्मिंघममा शरणार्थीको रुपमा बसोबास गर्न कति कठिन थियो भन्ने बारे आफ्नो अनुभव ‘वि आर डिस्प्लेस’मा सार्वजनिक गर्दै किशोरी शिक्षाको अधिकारका लागि लड्दै आएकी नोबेल शान्ती पुरस्कार विजेता मलाला युसुफजाई । मलालामाथि किशोरी शिक्षाको वकालत गरेको भन्दै तालिवानले आक्रमण गरेको थियो । ) 

श्रोतः द गार्जियन
अनुवादः गीता नेम्वाङ

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर