• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

उर्जामन्त्री पुनको फरक रुप हेर्नुस तस्बिरमा 

काठमाडौं । माघे संक्रान्ति पर्वको आफ्नै विशेषता छ । नेपालका आदिवासी जनजातिहरुमध्ये मगर, थारु, मैथिली, नेवार र किरात समुदायले आ–आफ्नै तरिकाले माघे संक्रान्ति पर्व मनाउँछन । 
थारुहरूले माघे संक्रान्तिलाई माघी पर्वको रूपमा मनाउँछन । मगरहरूले ‘माघे संक्रान्ति’ भनी मनाउँछन् । आदिवासी जनजाति समुदायहरूमध्ये सबैभन्दा ठूलो समुदाय मगरहरुले माघे संक्रान्तिलाई राष्ट्रिय पर्वका रुपमा मनाउँछन् । 

उनीहरूको आफ्नै विशिष्ट भाषा, संस्कृति, संस्कार र इतिहास छ । भाषाको हिसाबले बाह्र मगरात, अठार मगरात र काइकेई मगर भाषा बोल्ने गरिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो । 

शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

माघे संक्रान्तिको अवसरमा सोमबार काठमाडौंमा म्याग्दी मगर समाजले माघे संक्रान्ति महोत्सवको आयोजना गर्यो । महोत्सवको उर्जा ,जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’ले उद्घाटन गरे । कार्यक्रममा सहभागि मन्त्री पुन निक्कै नै खुसी देखिन्थे । 

 

 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर