• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

तेश्रोलिंगी भूमिका श्रेष्ठको ‘आत्मकथा’ सार्वजनिक

काठमाडौं । तेश्रोलिंगी भूमिका श्रेष्ठले आफ्नो आत्मकथा सार्वजनिक गरेकी छन् । आफ्नै जन्मदिनको अवसर पारेर शुक्रबार थापा गाउँमा रहेको कुञ्ज थिएटरमा ‘भूमिका तेश्रो लिंगीको आत्मकथा’ सार्वजनिक गरेकी हुन् ।

भूमिकाकी आमा, नायिका, निर्माता तथा निर्देशक रेखा थापा, निर्माता तथा अभिनेता रमेश उप्रेती, पुर्व मिस नेपाल माल्भिका सुब्बा, ब्लु डायमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुंग, साहित्यकार अश्विनी कोइरालाले संयुक्त रुपमा भूमिका विमोचन गरे । पुर्व मिस पिंक र तेश्रोलिंगी समुदायको अभियान्ता समेत रहेकी भूमिकाले आफ्नो पुस्तकलाई पाठकले रुचाउने आशा राखिन् ।

पुस्तक विमोचन गरेका रेखा, माल्भिका, रमेश लगायतले भूमिका तेश्रोलिंगी समुदायको मात्रै नभएर सम्पूर्ण युवा समुदायको उदाहरणीय व्यक्ति रहेको बताए । उनीहरुले भूमिकालाई जन्मदिनको शुभकामना दिदैं पुस्तक सफलताको कामना गरे । भूमिकाले कान्छी मा समेत अभिनय गरेकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर