• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जापानमा चोरीको साइकलका कारण रोकियो रेल, दुई नेपाली युवक पक्राउ

टोकियो । मादक पदार्थ सेवनगरि जथाभावी गर्दै हिड्ने २ नेपाली युवक टोकियोमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा २० वर्षीय कमल बस्नेत र २१ वर्षीय सागर बैद्य रहेको जापानी एक टेलिभिजनले जनाएको छ । उनिहरुलाई जापानी प्रहरीले इताबासी कु बाट पक्राउ गरेको बताइएको छ । मदाकपदार्थ सेवन गरेका दुई नेपाली युवाले सोही स्थानबाट साइकल चोरी गरि रेलको लिगमा छाडेर भाग्न खोज्दा पक्राउ गरिएको हो । 

नेपाली युवाले गरेको त्यस्तो अराजक हर्कतका कारण तोबु तोजो लाइनको रेल नै केहीबेर रोकिन पुगेको थियो । लिगमा साइकल छोडेका कारण आकस्मिक रुपमा रेल रोक्नुपरेपनि दुर्घटना भने नभएको जापानी टेलिभिजनले जनाएको छ । रेल रोकिंदा हजारौं यात्रु समस्यामा परेका थिए ।

पदाकपदार्थको नसामा उनिहरुले त्यसो गरेको प्रारम्भिक रुपमा देखिएपनि थप अनुसन्धान भइरहेको जापानी प्रहरीको भनाई छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर