• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

दिनमा एक घण्टा मोबाइल अफ गर्न सक्नुहुन्छ ?

एजेन्सी । प्रविधिको विकाससँगै मानिसको जीवन निकै व्यस्त हुन थालेको छ । हामी मध्य धेरैजसोको दैनिकी अफिस र घरमा कम्प्युटर, ट्याबलेट, स्मार्टफोनको वरीपरीनै घुमिरहेको हुन्छ । तर हामी कसैले पनि सोचेका पनि हुँदैनौँ हामी कति समय कम्प्युटर तथ स्मार्टफोन जस्ता प्राविधिक वस्तुहरु चलाउछौँ भन्ने कुरा ।

अफिसमा इमेल, नोटिफिकेसन, मेसेज यी सबले हाम्रो जीवनको महत्वपूर्ण समय ओगटिरहेको छ । घण्टौँ इन्टरनेटमा झुण्डिरहँदा र विना काम फोन चलाइरहँदा मानिसको उत्पादनशिल समय नष्ट भइरहेको हुन्छ । के यी सबै प्राविधिक वस्तुहरुबाट केहि समय टाढा रहन सकिँदैन त ? धेरै होइन मात्र एक घण्टाको लागि सहि । यसरी प्राविधिक वस्तुबाट टाढा रहँदा हाम्रो जीवनमा तनावको मात्रा केहि घट्ने विश्लेषकहरु बताउँछन् । 

प्रविधिबाट एक घण्टा टाढा रहनुको मतलब कतै लुक्नु वा कामधाम छोडेर ध्यान गर्नु होइन । यस्तको मतलब हो प्राविधिक उपकरण तथा एप्लिकेशनबीच धेरै काम एकैपटक गर्नबाट जोगिनु । 

सेन डियागो युनिभर्सिटीका मनोविज्ञानका प्राध्यापक सान्द्रा स्गौटस एम्च भन्छन्, ‘न्युरो वैज्ञानिकहरुले सावित गरेका छन् कि मानिसको दिमाग एकैपटक धेरै काम गर्न बनेको होइन ।’ 

हाम्रो दिमागलाई हरेक नयाँ काम बुझ्न तथा त्यसमा केन्द्रित हुन केहि समय लाग्छ । 

एक पटकमा एउटा मात्र काममा तल्लिन भएर गर्दा त्यो काम राम्रो हुने उनी बताउँछन् । 

स्गौटस भन्छन्, ‘हरेक दिन केहि समय प्रविधिबाट टाढा रहँदा हाम्रो दिमागलाई केहि आराम मिल्छ र काममा फोकस हुन मद्यत पुग्छ ।’

कामका दौरान छोटो छोटो ‘टेक इन्टर्याक्सन’ ले हाम्रो समय बर्बाद गरिरहेको हुन्छ । अक्स्फोर्ड युनिभर्सिटीका अपरेशन म्यानेजमेन्टका प्रोफेसर मेट्टिस हलवेग भन्छन्, ‘हाम्रो दिमाग तुरुन्त सन्तुष्टि चाहन्छ । त्यसैले हरेक १० मिनेट वा त्यो भन्दा पनि कम समयमा हामी पटक पटक वाट्स्एप, फेसबुक या इमेल चेक गरिरहन्छौँ, तर दुर्भाग्य यसो गरिरहँदा हाम्रो उत्पादकत्व घटिरहेको छ’ । 

विशेषज्ञहरु बताउँछन् हरेक दिन कामका बीच एक घण्टा प्रविधिबाट टाढा रहन सके फाइदाजनक हुन्छ । उनीहरुका अनुसार इमेल चेक गर्नको लागि निश्चित समय तय गर्नुपर्छ । यसो गर्दा अन स्क्रीन नोटिफिकेशन आफसे आफ बन्द हुन्छ । इमेल चेक गर्नको लागि भने दिनमा दुई तीन पटकको समय छुट्याउँदा राम्रो हुने उनीहरुको तर्क छ । 
इमेल जस्तै सामाजिक संजाल प्रयोगका लागि तथा अन्य एप प्रयोगका लागि पनि यस्तै शेड्युल बनाउँदा सहज हुने विशेषज्ञहरुको भनाइ छ । स्गौटस एम्च भन्छन्, ‘ समय तालिका बनाउने, फोन छोडेर घुम्ने वा साथीभाइसँग गफ गर्दै समय कटाउने ।’

समस्या प्रविधिमा छैन 
हरेक कामको लागि कम्प्युटर आवश्यक पर्दैन र कम्प्युटरमै सँधै काम हुन्छ भन्ने पनि हुँदैन । त्यस्तै स्मार्टफोनमै झुण्डिरहनुपर्छे भन्ने पनि छैन । क्यालिफोर्निया युनिभर्सिटीमा इफर्मेटिक्सकी प्राध्यापक ग्लोरिया मार्क भन्छन्, ‘यदि कोहि व्यक्तिलाई चुरोट पिउने लत छ र उनलाई केहि समय चुरोटबाट टाढा राखियो भने यसले सामाधान भन्दा पनि तनाव बढाउँछ’ । त्यस्तै काममा प्रविधिको प्रयोग कम गर्नु वा प्रविधिको प्रयोग नै नगर्नु पनि अव्यवहारिक हुन्छ ।

मार्क भन्छिन्, ‘कामका दौरान आफ्ना कर्मचारी प्रविधिको गुलाम नबनुन् भन्नेमा कम्पनी आफै सजग हुनुपर्छ ।’ यसका लागि कुनै निश्चित समयमा मात्र इमेल पठाउने । जुन पनि समयमा इमेल आदान प्रदान गर्दा यसले काममा प्राभावकारीता घटाउने कार्म बताउँछिन् । 

इमेल आदान प्रदान गर्नको लागि समय छुट्याएजस्तै अरु सामाजिक संजाल प्रयोग गर्नको लागि पनि समय तालिका बनाउनु उपयुक्त हुने मार्क बताउँछिन् । तर हामी मध्य धेरैका लागि प्रविधिबाट टाढा रहनु निकै कठिन काम हो । तर पनि दिनमा एक घण्टाको लागि प्रविधिबाट टाढा रहनुको महत्वला्रई भने कम आंक्न मिल्दैन । 

तपाइ काम गर्दा जति थाक्नुहुन्छ त्यो भन्दा धेरै थकान त्यतिबेला हुन्छ जतिबेला तपाइ आफ्नो दिमागलाई पटक पटक एक भन्दा धेरै काममा लगाउनुहुन्छ । त्यसैले दिनमा एक घण्टा मोबाइल फोन अफ गरेर हेर्नुहोस त तपाइको तनाव केहि कम हुन्छ की !
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर