• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

चीनले चन्द्रमामा आलु फलाउँदै, कपासको बिरुवामा कोपिला लाग्यो 

एजेन्सी । चीनले चन्द्रमामा आलु फलाउने भएको छ । गत जनवरी ३ मा चीनले चन्द्रमामा चाङ्ग–इ फोर अन्तरिक्ष यान पठाएको थियो ।

चन्द्रमाको अहिलेसम्म अध्ययन नगरिएको क्षत्रमा अवतरण गरेको उक्त यानले लगेको आलु, कपास तथा अन्य केहि वस्तुको विउ उम्रिन थालेको चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । यसअघि अन्तरिक्षमा बिरुवा उम्रिएको भएपनि चन्द्रमामा कुनै बिरुवा उम्रिएको यो नै पहिलो पटक हो ।

चीनको यो उपलब्धि ले अब अन्तरिक्षयात्रीले अन्तरिक्षमा आफैले खानेकुरा उत्पादन गर्न सक्ने बताइएको छ । यसले लामो समय लाग्ने अन्तरिक्ष यात्रा अभियानलाई पनि मद्यत पुग्ने अधिकारीहरु बताउँछन् । चीनले चाङ्ग–इ फोरसँग माटो तथा आलु, कपास र केहि फलफूलका बिउ पठाएको थियो ।

चिनीया सामाचार संस्थाका अनुसार कपासको बिरुवामा अब कोपिला लाग्न थालेको छ । चिनीयाँ कम्युनिष्ट पार्टीको मुखपत्र पिपुल्स डेलीले उम्रिएको बिरुवाको फोटो ट्वीट गर्दै चन्द्रमामा मानव इतिहासको पहिलो जैविक प्रयोग सफल भएको बताएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर