• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

राष्ट्रिय विभूति फाल्गुनन्दको तपस्वी भूमिलाई पर्यटन प्रवद्र्धन गर्ने मुख्यमन्त्री राईको प्रतिबद्धता

इलामको ‘फुलुङगी’ मेलामा भक्तजनको भिड

इलाम । इलामको माई र जोगमाई नदीको सङ्गमस्थल त्रिवेणीमा लाग्दै आएको माईबेनी ‘फुलुङगी’ मेलामा भक्तजनको भिड लागेको छ । 

माई नगरपालिका–६, देउमाई नगरपालिका–९ र माङसेबुङ गाउँपालिका–३  को संगम स्थल तथा माई, देउमाई र मेक्वा माई नदीको त्रिवेणी स्थल खत्रक्पा तथा फुलुङगी क्षेत्रमा मेला लागेको हो । 

पराम्परागत रुपमा हरेक माघे संक्रान्ति मेला अवसरमा लागेको मेलामा बिहानैदेखि माईबेनीमा मकर नुहाउनेको भक्तजनको भिड लागेको हो ।

यस वर्ष यस क्षेत्रमा विशेष मकर मेला आयोजना भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मेलाको उद्घाटन गरेका थिए । उद्घाटनमा बोल्दै मुख्यमन्त्री राईले देश ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान लिएर अघि बढेकाले सबैले साथ दिनुपर्ने बताएका छन् । 

माघे संक्रान्तिका अवसरमा देउमाई नगरपालिका र माङ्सेबुङ गाउँपालिकाको सङ्गमस्थल राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको तपस्वी भूमिमा आयोजित कार्यक्रममा उनले राष्ट्र निर्माणका लागि एकजुट भएर लाग्न सबैमा आग्रह गरे । 

उनले फाल्गुनन्दको तपस्वी भूमिलाई प्रदेश सरकारले पर्यटकीय, धार्मिक र सांस्कृतिक रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको जानकारी दिए । उनले प्रदेश सरकारले आउँदा वर्षदेखि बजेट छुट्याएर पर्यटन प्रवद्र्धन गर्ने प्रतिबद्धता जनाए । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीको पनि विशेष उपस्थिति रहेको थियो । मन्त्री कार्कीले राष्ट्रिय विभूति फाल्गुनन्द प्रदेशको गहना रहेको उल्लेख गरे । उनले उक्त भूमिलाई आउँदो वर्षदेखि गुरुयोजना निर्माण गरेर प्राथमिकतामा राखिने बताए । 

राष्ट्रिय विभूति फाल्गुनन्दको ज्ञान क्षेत्र खत्रक्प्पामा बर्षेनी माघे संक्रान्तिका अवसरमा मेला लाग्ने गर्दछ । धार्मिक क्षेत्र उक्त भूमिमा माघे संक्रान्तिमा स्नान गर्ने र पूजापाठ गर्ने परम्परा रहिआएको छ । 

 तस्वीरः गंगा पराजुली (रासस)

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर