• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रदर्शनीमा नेपालकै ठूलो खुकुरी !

कमल अधिकारी/पाल्पा । माघे संक्रान्तिको अवसरमा रुरु क्षेत्रधाम रिडीमा लाग्ने मेलामा नेपालकै ठूलो खुकुरी प्रदर्शनमा राखिएको छ । पाल्पा, स्याङजा र गुल्मीको संगमस्थल रिडि मेलामा देशका विभिन्न जिल्लासहित भारतबाट समेत दर्शनार्थीको भीड लाग्ने हुँदा नेपालको गौरवसँग गाँसिएको खुकुरीको पहिचानका लागि प्रदर्शनमा राखेको खुकुरी निर्माण गर्ने मनबहादुर विश्वकर्माले बताए । 

बागलुङ घोरपाटन १ घर भएका मनबहादुरले गत वर्ष ३५ किलोको खुकुरी निर्माण गरी प्रदर्शनमा राखेका थिए । गत वर्षभन्दा ठूलो खुकुरी  प्रदर्शन गर्ने उद्देश्ले यो वर्ष भने उनले ४२ किलोग्राम तौलको खुकुरी निर्माण गरी प्रदर्शनमा राखेका हुन् । एक लाख एघार हजार एक सय एघार रुपैयाँ मूल्य रहेको उक्त खुकुरी हेर्नका लागी दर्शकको भीड लागेको छ । 

नेपालको पहिचान र वीरतासँग गाँसिएको हुँदा यसलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौजन्य गर्ने तयारीमा आफू रहेको खुकुरी निर्माणकर्ता मनबहादुरले बताए । नेपालकै सबैभन्दा ठूलो खुकुरी भएको हुँदा मेला हेर्न आउने दर्शनार्थीका लागी खुकुरी आर्कषणको केन्द्र बनेको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर