• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सुन्दर थवाङमा उर्जामन्त्री पुनको भव्य स्वागत (फोटोफिचर)

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन ‘अनन्त’ केहि दिन यता रोल्पामा आयोजना भएका विभिन्न कार्यक्रममा सहभागि हुन व्यस्त देखिएका छन् । 

मन्त्री पुनसँगै पूर्वसभामुख ओनसरी घर्तिपनि रोल्पामै छिन् । बुधबार मन्त्री पुन माडीचौरमा आयोजना गरिएको माघी महोत्सवमा सहभागि भए । बिहीबार भने उनी  उत्तरी रोल्पाको थबाङ गाउँपालिकाले आयोजना गरेको प्रथम थबाङ गाउपालिका कप तथा माघी महोत्सवमा सहभागि भए । 

रोल्पाको कृषि, उद्योग, व्यापार, पर्यटन, संस्कृती र खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका लागि भन्दै मेला महोत्सव आयोजना हुदैँ आएको छ । आफ्नो गृह जिल्लामा आयोजना भएको कार्यक्रममा सहभागि हुन पाएर पनि होला मन्त्री पुनको अनुहारमा छुट्टै चमक देखिन्थ्यो । उनको स्वागतमा स्थानीयले पनि कुनै कमि राखेनन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर