यसकारण मिस नेपाल खतिवडा राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बास्डर (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकलाई योङ र एनर्जेटिक बैंकका रुपमा अगाडि बढाउनका लागि मिस नेपाल श्रृङखला खतिवडालाई ब्राण्ड एम्बास्डरको रुपमा नियुक्त गरिएको बैंकले जनाएको छ । पूर्ण सरकारी स्वामित्व रहेको बैंकमा खतिवडाको नियुक्तिलाई लिएर अनेक आशंका व्यक्त भइरहँदा बैंकले उक्त कुरा बताएको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकलाई आधुनिक रुपमा अगाडि बढाएको प्रस्ट्याउँदै यसका लागि नै मिस नेपाल खतिवडालाई बैंकको सद्भावना दुतमा नियुक्त गरेको बताए । उनले भने, 'राष्ट्रिय वाणिज्य बैंक ५४ वर्षको पुरानो इतिहास बोकेता पनि त्यस्तो पुरानो होइन है, योङ एनर्जेटिक मान्छेहरु छन् ।' उनले थपे, 'त्यसलाई रिप्रेजेन्ट गर्ने को हुनुपर्छ त त्यसमा पनि हाम्रो बाहक भनौ वा हाम्रो दुत त्यो पनि एनर्जेटिक हुनुपर्छ भनेर नै हामीले श्रृङखला खतिवडालाई रोजेका हौं ।'
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर