• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सर्वहाराले समेत लिनसक्ने राष्ट्रिय वाणिज्य बैंकको सहुलियत कर्जा कसरी /कति पाइन्छ ? (भिडियोसहित)

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले विभिन्न सात शीर्षकमा व्यवसाय गर्न सहुलियत कर्जा प्रदान गर्न विधिवतरुपले नै शुरु गरिसकेको छ । 
बैंकले व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशीलता कर्जा, दलित समुदाय व्यवसाय कर्जा, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा र भूकम्पपछिको निजी आवास निर्माण कर्जा बिना धितो दिन शुरु गरेको बताएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकको सबै शाखाबाट यी कर्जाहरु प्रवाह भइरहेको बताएका छन् । उनले कर्जाको धेरै फाइल आइरहेको र दैनिक स्वीकृत भएको पनि जानकारी दिए । उनले भने, 'सहुलियत पूर्ण कर्जा सरकारको योजना हो । एकदमै महत्वपूर्ण र प्राथमिकतामा राखेको कार्यक्रम हो । 'उनले थपे, 'राष्ट्रिय वाणिज्य बैंक सरकारी स्वामित्वको बैंक पनि भएकोले सरकारका लक्ष्य हासिल गर्नु हाम्रो दायित्व र कर्तव्य पनि हो । यसर्थ हामी यो कार्यक्रममा निकै गतिका साथ लागेका छौं ।'

सिइओ श्रेष्ठले माथि उल्लेखित कर्जा बिना धितो प्राप्त गर्न सकिने बताएका छन् । उनले भने, 'हामीसँग भएको सात प्रकारको कर्जाको रकम पनि बेग्ला बेग्लै छ । जस्तो भुकम्पपीडित आवास कर्जा ३ लाख भनिएको छ, उच्च शिक्षा अध्ययनका लागि ५ लाख, स्वरोजगारका लागि ७ लाखसम्म छ । त्यस्तै महिला उद्यमशिलताका लागि ७ लाख, वैदेशिक राजेगारका लागि १० लाख साथै कृषिको ठूलो परियोजनाका लागि ५ करोडसम्म सहुलियतपूर्ण कर्जा पाइन्छ ।' 

उनले आफूले गर्ने व्यवसायको खाका पेश गरेर कर्जा लिन सकिने प्रष्ट्याए । 

हेर्नुहोस् भिडियोमा


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर