तामाकोशीमा लगानीकर्ताको क्रेज, झिनो अङ्कले घट्यो नेप्से सुचक

काठमाडौं ।  धितोपत्र बजारमा आज सेयरको मूल्य झिनो अङ्कले मात्रै घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शुन्य दशमलव विन्दुले घटेर एक हजार १ सय ८७ दशमलव ७७ विन्दुमा झरेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत झिनो अङ्कले मात्रै घटेको छ । उक्त परिसूचक शुन्य ५ विन्दुले घटेर २ सय ५१ दशमलव ०१ विन्दुमा पुगेको छ । 

स्टकका अनुसार आज कूल १६४ कम्पनीको आठ लाख ३५ हजार ८२६ कित्ता शेयर रु २८ करोड ७७ लाख ५० हजार ३२१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका ११ उपसमूहमध्ये आज तीन उपसमूहको सेयर बढेको छ । त्यसमा जलविद्युत् ४० दशमलव ४१, अन्य २ दशमलव ४८ र लघुवित्त ९ दशमलव २६ विन्दुले बढेका छन् । 

यस्तै बैंकिङ २ दशमलव ८१, व्यापार ३ दशमलव १३, होटल २ दशमलव ७२, विकास बैंक शुन्य दशमलव ७२, वित्त शुन्य दशमलव १२, उत्पादन ४ दशमलव २४, निर्जीवन बीमा ६२ दशमलव ३६ र जीवन बीमा ४५ दशमलव २७ विन्दुले घटेको छ । 

सर्वाधिक कमाउनेमा तामाकोशीका सेयरधनी
घटेको बजारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, छिमेक लघुवित्त वित्तीय संस्था, एक्सेल डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, साना किसान विकास बैंकका शेयरधनीले बढी कमाएका छन् । 

यस्तै जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, काबेली विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्यारेन्स कम्पनी, मल्टिपर्पोज फाइनान्स कम्पनी, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका सेयरधनीले बढी गुमाएका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर