कर्मचारीलाई प्रशिक्षण दिन काँग्रेस सभापति देउवा पोखरा आउने

पोखरा । नेपाल निजामति कर्मचारी युनियन संघ गण्डकीले पोखरामा सम्मान सहितको वृहत प्रशिक्षण कार्यक्रम गर्ने भएको छ । शनिबार पोखराको कोमागाने पार्कमा हुने उक्त कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन सहित प्रशिक्षण दिनेछन् ।

नेपाल स्वास्थ्यकर्मी संघ गण्डकी, नेपाल निजामति कर्मचारी युनियन संघ कास्की र नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) को स्थानिय व्यवस्थापनमा कार्यक्रम हुन लागेको संयोजक सुरेशकुमार श्रेष्ठले जानकारी दिए ।

सोही अवसरमा संघको विकासका लागि योगदान दिने गण्डकी प्रदेशका ११ जिल्लाका एक÷एक जनालाई सम्मान गरिने छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर