प्रदेश ५ : स्थायी राजधानी ताेक्न र नामाकरणका लागि कांग्रेसको खबरदारी सभा

पुराना सरकारले गरेका निर्णय उल्टाउदै गए सरकार उल्टिने समय आउछः खाण

बुटवल । कांग्रेस रुपन्देहीले प्रदेश पाचको स्थायी राजधानी तोक्न र प्रदेशको नामाकरण गर्न दवाव दिन बिहिवार बुटवलमा दवाव मुलक कार्यक्रम स्वरुप खबरदारी सभा गरेको छ  । 

खबरदारी सभामा साविकको लुम्बिनी अञ्चलका सबै जिल्लाका काग्रेस नेताहरुको सहभागिता रहेको थियो । कांग्रेसका लुम्विनीका सबै जिल्लाका नेताहरुले प्रदेशको स्थायी राजधानी रुपन्देही नै उचित भएको दावी समेत गरे । समग्र प्रदेश पाचको विकासका लागि रुपन्देहीमा राजधानी तोकिनुपर्ने भन्दै उनीहरुले नामाकरण लुम्बिनीलाई जोडेर हुनुपर्ने बताए । शान्तिका अग्रदुत गौतम बुद्धको जन्मभुमि लुम्बिनीका नामबाट नामाकरण गरिनुपर्ने र राजधानी पनि यहा राख्दा लुम्विनीलाई केन्द्रमा राखेर प्रदेशका १२ वटै जिल्लाको विकास गर्न सकिने तर्क उनीहरुले गरे । 

खबरदारी सभामा कांग्रेस नेताहरुले बर्तमान केन्द्र तथा प्रदेश सरकारको पनि आलोचना गरे । सुशासन कायम गर्न देखि विकास निर्माण तर्फ सरकारको ध्यान नगएको भन्दै उनीहरुले प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीहरुको ध्यान रकम थुपार्नेमा केन्द्रीत भएको आरोप पनि लगाए । 

खबरदारी सभामा वोल्दै कांग्रेस नेता बालकृष्ण खाणले आफू बुटवलको ब्यक्ति भएकाले बुटल राजधानी हुनुपर्छ भनेर आवाज नउठाएको भन्दै पाच नम्वर प्रदेशको विकास लुम्विनीलाई केन्द्रमा राखेर गर्दा राम्रो हुने भएकाले र सबैको सहजताका लागि कुरा राखेको बताए । 

उनले बुटवललाई अस्थायी राजधानी तोक्दा निकै मिहिनेत गरेको स्मरण गर्दै स्थायी राजधानीको टुंगो छिटो लगाउनुपर्ने बताए । केहीदिन पहिला मुख्यमन्त्री शंकर पोखरेलले राजधानी र नामाकरणको विषय प्रदेश सभाको भएकाले यसमा केन्द्रका सांसदहरुले कुरा नराख्न आग्रह गरेको प्रसंग कोट्याउदै कांग्रेस नेता खाणले आफूहरुले पनि राजधानी र नामाकरणको विषय प्रदेश सभाको नै रहेको बताउदै आएको स्पष्ट पारे  । 

मुख्यमन्त्री, मन्त्रीपरिषदको निर्णय र मुख्यमन्त्रीको चाहनाले मात्रै यस विषयको टुंगो लाग्दैन, खाणले भने,यो कुरा बुझ्नुपर्छ, दुइतिहाइ नभइ सार्न सकिदैन भन्ने कुराको पनि  हेक्का होस् र जनताको चाहनालाई मध्यनजर गरेर उचित निर्णय होस् ।

खाणले समयमै उचित निर्णय नहुने र पुराना सरकारले गरेका सबै निर्णय उल्टाउदै गए सरकार पनि उल्टिने समय आउने चेतावनी समेत दिए । काग्रेस नेता चन्द्र भण्डारीले बुटवल राजधानी भएपछि प्रदेश पाचको सबै जिल्लाको समान रुपले विकास गर्न सकिने तर्क गरे । उनले केन्द्र तथा प्रदेश सरकारहरु सुविधा विस्तारमा र पैसा कमाउन ब्यस्त रहेको भन्दै थपे, माओ भएको देश चिनले कति विकास गरिसक्यो, यीनीहरुले राम्रो गर्न कसैबाट सिकेका नै छैनन, माक्स, लेनिन, माओ भएका भए अहिले यी कम्युनिष्ट नामधारी नेताहरुलाई लाठ्ठी लगाएर लख्ेट्ने थिए । 

नेता भण्डारीले प्धानमन्त्री देखि प्रदेशका सरकारहरुको कडा रुपमा आलोचना गर्दै सरकारमा वस्नेहरु अनियमितता गर्न ब्यस्त रहेको आरोप समेत लगाए र भने– एउटा गाडी किन्दा कहाबाट रकम आउछ, भन्दै र्याल चुहाइरहेका छन, ।

कार्यक्रममा कांग्रेस नेताहरु नवलपरासीका  देवेन्द्रराज कडेल, पाल्पाका वीरवहादुर राना, गुल्मीका भुवनप्रसाद श्रेष्ठ, अर्घाखाचीका विष्णु मुस्कान, कपिलवस्तुका वीरेन्द्र कनौडियाले कार्यक्रममा एक्यवद्धता जनाएका थिए । उनीहरुले प्रदेशको राजधानी रुपन्देही नै उपयुक्त भएकाले स्थायी राजधानी रुपन्देहीलाई नै तोकिनुपर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा कांग्रेसका प्रदेश पाच संसदका संसदीय दलका नेता वलदेव शर्मा पोखरेल, कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, प्रदेश सांसद रमा अर्याल, जिल्ला सचिव रामकृष्ण खाण, क्षेत्रीय सभापति हरि लम्साल, बुटवलसभापति खेलराज पाण्डेले रुपन्देहीलाई राजधानी तोक्न ढिलाइ गर्न नहुने बताएका थिए । 

खबरदारी सभा शुरु हुनु पूर्व बुटवलको राजमार्ग चौराहाबाट दवाव मुलक र्याली निकालिएको थियो । र्याली ट्राफिक चोकमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर