• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

भ्रष्टाचारबारे सामाचार लेखेको भन्दै पत्रकारको हत्या

एजेन्सी । अफ्रिकी देश घानाका खोज पत्रकार अहमद हुसैन सुएललाई गोली हानी हत्या गरिएको छ ।

घानाको फुटबल लिगमा भएको भ्रष्टाचारबारे खोजमुलक पत्रकारिता गरेका अहमदलाई राजधानी अक्रामा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले गोली हानी हत्या गरेका हुन् । अहमदको खोजमुलक रिपोर्टका कारण घाना फुटबल एशोसिएसनका पूर्व प्रमुखलाई आजीवन प्रतिवन्ध लगाइएको छ ।

अहमदले फुटबल एशोसिएसनका पूर्व प्रमुखले गरेको भ्रष्टाचारबारे खोजमुलक समाचार लेखेका थिए । उनको खोजमुलक समाचारलाई बिबिसी अफ्रिका आइले वृत्तचित्र बनाएको थियो ।

बिबिसीमा उक्त वृत्तचित्र प्रशारण भएपछि घानाका सांसद केनेडी अज्ञापोङले अहमदलाई जहाँ भेटेपनि पिट्न आदेश दिँदै फोटो सार्वजनिक गरेका थिए । ती सांसदले अहमदलाई पिटे वापत आफुले पैसा दिने समेत बताएका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर