• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

२४ पटक ग्राण्डस्लाम जित्ने दाउमा सेरेना 

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरण प्रवेश गरेकी छिन् ।

क्यानडाकी इयुजिनी बुसालाई ६–२ र ६–२ को सोझो सेटमा हराउँदै सेरेनाले तेस्रो चरणमा स्थान पक्का गरेकी हुन् । १६ औँ वरियताकी सेरेना २४ औँ पटक ग्राण्डस्लामको उपाधि जित्ने दाउमा छिन् । आठौँ पटक अष्ट्रेलियन ओपन जित्ने दाउमा रहेकी सेरेनाले यो उपाधि जिते मार्गरेट कोर्टसँग २४ वटा ग्राण्डस्लाम जित्ने किर्तिमानी बराबरी गर्नेछिन् ।

गत सेप्टेम्बरमा युएस ओपनको फाइनलमा जापानकी नाओमी ओसाकासँग पराजित भएपछि सेरेना पहिलो पटक कोर्टमा उत्रेकी हुन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर