• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

पाल्पामा जन्ती बस दुर्घटना

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाको वडा नं. १ चिर्तुंगधाराको चिलांगदीको भित्रि सडकखण्डमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । पाल्पादेखि दांग जादै गरेको ना ५ ख ७२९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

बस ब्रेक फेल भई भित्तामा ठोक्किएको थियो । ३५ जना सवार रहेको उक्त बसमा चालक सहित २२ जना घाईते भएका छन भने ३ जनाको अवस्था गम्भिर रहेको छ ।

दर्घुटनामा परेका सबै घाईतेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नाउव उपरिक्षेक बिनोद घिमिरेले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर