• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

‘टुटल’ र ‘पठाओ’लाई रोक्ने चाहना सरकारको छैन – प्रवक्ता बाँस्कोटा

काठमाडौं । सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानूनको मातहतमा नभए कानूनसंवत् रुपमा जानुपर्ने बताउँदै सेवा रोक्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “सरकारको प्रतिबन्ध लगाउने चाहना छैन, नियमअनुसार चल्नुपर्छ, यसलाई नियमन गर्नुपर्छ ।” 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा समेत यस्ता व्यवसायलाई कानूनी दायरामा ल्याई व्यवस्थित गर्ने दिशामा जानुपर्ने बताएका थिए ।

केही दिनअघि ट्राफिक प्रहरीले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रु बोक्ने मोटरसाइकललाई नियन्त्रणमा लिएपछि उक्त विषय बाहिर आएको हो । 

विगत केही वर्षदेखि टुटल र पठाओ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रुको माग अनुसार सोही एप्समा जोडिएका मोटरसाइकल चालकले निश्चित भाडा लिएर यात्रु ओसारपसार गर्दै आएका छन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर